मेष – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै होला । लाभ कम भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । दाम्पत्य सम्बन्धमा भने केही चिसोपन पैदा हुन सक्छ, सावधान रहनुहोला । इर्षया गर्नेहरू सक्रिय रहने योग छ । सन्तानसुख र आमोदप्रमोदको परिवेश बन्नेछ ।
वृष – प्रेमभाव बढ्ने र पारिवारिक समस्याको समाधान मिल्ने दिन छ । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर जुर्ला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । तार्किक क्षमताले सम्मान र उत्साह दिलाउला । अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ, संयमता राखेर कार्य गर्नुहोला । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – व्यस्तता बढ्नेछ भने विवेकपूर्ण व्यवहारले समस्याको समाधान प्राप्त हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिएला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ । तथापि, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । काममा चुनौती आइलाग्नेछन्, तसर्थ अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणका कार्यमा रुचि बढ्नेछ ।
सिंह – आजको दिन आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सरसापटमा धन खर्च हुने सम्भावना छ । स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । सोखले फजुल खर्च बढाउने समय छ, मितव्ययिता अपनाउनुहोला । रचनात्मकता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । प्रतिष्पर्धी परास्त होलान् । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । आरोग्यता वृद्धि हुनेछ । यात्रामा सफल रहला । आफन्तको साथ प्राप्त होला ।
तुला – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुनेछ । तथापि, पुराना सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न हुन सक्छ, सचेत रहनुहोला । लगानी वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । टाढाको यात्रा गर्ने मौका मिल्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । कतैै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिएला । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।
धनु – कर्मबल बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर सोखले खर्च बढाउन सक्छ, सचेत रहनुहोला । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।
मकर – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुने समय भएपनि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सक्ने समय छ । शुभचिन्तकहरूसँग भेटघाट होला । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । आजको दिन विशेष सभा–समारोहमा सहभागी बन्ने मौका मिल्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्ने योग छ । प्रेमभाव वृद्धि होला । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो