महिलाको सहभागिता बिनाको विकास र समृद्धि कल्पना बाहिर रहेको जिकिर

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । धनकुटाका महिलाहरुले महिता सहभागिता बिना मुलुकको विकास समृद्धी असंभव रहेको बताएका छन् । 

नेपाल महिला संघ धनकुटा नगर समितिद्धारा आयोजित महिला भेता तथा महिला जनप्रतिनिधिहरुबीचको अन्र्तक्रिया कार्यक्रममा  सो कुरा बताइएको हो । 

उक्त कार्यक्रमको नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले उद्घाटन गर्दै मुलुकमा महिलाहरु अहिले निर्णायक शक्ति रहेको वताउदै महिलाहरुलाई हरेक क्षेत्र र तहमा अनिवार्य सहभागीता गराउनु पर्नेमा जोड दिए ।

संविधान सभा सदस्य तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाले महिलाहरुको सहभागीतामा बिना मुलुकको विकास र समृद्धी नहुने बताईन । 

नेपाल महिला संघ धनकुटा नगरका अध्यक्ष राधा बजगाई तिम्सिनाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई,सहसचिव गिरिजा प्रसाद दाहाल,महासमिति सदस्य सिता श्रेष्ठ,महिता नेता ज्योती प्रधान, रेणु कार्की प्रधान, दुर्गा शिवा,सिता दाहाल लगायतले  महिलाहरुलाई आत्म निर्भर बनाउन  महिलाहरुका लागि आयमुलुक अभियान संचालन गर्नु पर्नेमा जोड दिए ।

नेपाल महिला संघ धनकुटा नगर कार्य समितिका सचिव हिरा राईले कार्यक्रमको संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष कमला पाण्डेले गरेका थिए  । कार्यक्रमलाई महिला नेतृहरु ज्योती प्रधान र रेणुका कार्कीले सहजीकरण गरेका थिए । 

 कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, सुमना तिम्सिना, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य पुरेन्द्रलाल श्रेष्ठ, रेणु श्रेष्ठ, निरुपा राई, नगर कार्य समितिका उपसभापति अभिषेक कर्माचार्य, वडा नं. १० का सभापति अमर खनाल, सदस्य राजेन्द्र राई, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, सचिव संगिता चापागाई, सदस्यहरु मन्दिरा भट्टराई, रेजिना पलिखे, लिजा श्रेष्ठ, सुजता श्रेष्ठ, महिला जनप्रतिनिधिहरु कुसुम श्रेष्ठ जोशी, बिमला राई, चन्द्रमया विक, आशा विक, मन कुमारी राई दुर्गा विक, महिला नेताहरु पूर्णमाया राई, सत्यश्वरी राई लगायतको सहभागिताले महिलाहरुको अर्थपूर्ण सहभागीतामा जोड दिनु भएको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया