सुन्दरहरैंचा वडा नं. ४ मा अपांगता भएका व्यक्तिका लागि १ महिने रोजगारमूलक तालिम उद्घाटन

फाष्ट मिडिया नेपाल संवाददाता

फाष्ट मिडिया नेपाल संवाददाता

विराटचोक । सुन्दरहरैचा स्थित वाड न ४ को वडा कार्यालयमा हिजो हस्पिटालिटी मेनेजमेन्ट आतिथ्य सत्कार सम्बन्धी १ महीने आवासिय तालिमको उद्घाटन भएको छ। अपाङ्गता भएका मानिसहरुलाई सीप तथा क्षमता विकास गरी उनीहरुलाई रोजगारी तथा सो रोजगारी सँग जोड्न द लेप्रोसी मिसन नेपालको फाउण्ड परियोजनाको आयोजन तथा आरटीआरके होटल स्कूलको प्राविधिक सहयोगमा हस्पिटालिटी मेनेजमेन्टका विभिन्न विधा (वेटर, हाउस किपिङ, वारिस्ता, कुक) सम्बन्धी एक महिने तालिमको उद्घाटन भएको हो। 

द लेप्रोसी मिसन नेपालको फाउण्ड परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न होटल व्यवसायीसँगको सहकार्यमा उनिहरुलाई कसरी रोजगारीमा जोड्ने सीपहरु कस्ता आवश्यकतामा छन् भनी आरकेआरटी होटल स्कूलका सञ्चालक तथा प्रशिक्षक प्रेम लिम्बूले उनीहरुमा सीप तथा क्षमता विकास गर्न सहयोग गर्ने भएका छन्। लिम्बूले यस तालिमका लागि हरकोहि उच्च मनोबल र इच्छा भएका मात्र सहभागी हुन आग्रह गरे। उनले तालिमका दौरान २र४ जना सहभागी सफल भए भने मात्र पनि फाउण्ड परियोजनाको अपाङ्गता भएकालाई रोजगारी सँग जोड्न विकास गरिएको सीप तथा क्षमता वृद्धिको तालिमले सफलता प्राप्त गर्ने बताएका छन्। सहभागी सबैलाई उच्च मनोबलका साथ तालिममा सहभागी हुन भनिएको छ।

उक्त उद्घाटन कार्यक्रममा २२ जना बहिरा व्यक्तिहरुले हस्पिटालिटी मेनेजमेन्टका विभिन्न विधामा नाम टिपाएका छन्। तालिम आज बुधबार देखि इटहरी स्थित आरकेआरटी होटल स्कूलमा सुरु हुनेछ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया