रिकेश निरौला
इनरुवा नगरपालिकाको नेतृत्व सम्हालेको एक वर्षपछि पनि नगरप्रमुख केदार भण्डारी निरन्तर हरेक कुराको विवादमा मुछिरहेका छन्। उनलाई हरेक कुरामा असफल बनाउनका निम्ति केही राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु कम्मर कसेरै लागि परेका छन्न।
‘म काम गर्न आएको हो, पैसा कमाउन आएको हैन’ भन्ने नाराले चर्चामा आएका मेयर भण्डारी सकारात्मक कामका लागि स्याबासी पाउनुको साटो जहिलै विवादको भुंग्रोमा परिरहेका छन्। लोकतन्त्र आएको छ, बोल्न–लेख्न पाईन्छ भन्दैमा हरेक कुराको विरोध गर्दैगर्दा राम्रो कामको पनि राम्रो पक्ष लाई ढाकछोप गरेर नराम्रो पक्ष मात्र आमसर्वसाधारण जनतामाझ पस्कनु त्यति शोभनीय नहोला । काम गर्ने सिलसिलामा केही कमजोरी भएहोलान र हुन्छन पनि । त्यो मानविय स्वभाव पनि हो र हरेक मान्छेबाट कँही कतै गल्ति हुन्छ। तर त्यो गल्तिबाट हामीले पाठ सिक्दै अघि बढ्ने प्रेरणा लिनु पर्दछ । नगरप्रमुख पनि हामी जस्तै मान्छे हो। उहाँहरुबाट पनि गल्ति हुन्छ तर तेस्ता गल्तिहरुको विरोध गर्नको साटो आम जनताहरुले सहि सल्लाहा र सुझाव दिँदै विकास निर्माणका काममा अघि बढ्न हातेमालो गर्नु उचित हुन्छ। मेरो विचारमा नगरको विकास गर्ने काम निर्वाचित जनप्रतिनिधिहरुको मात्र नभएर सम्पुर्ण नगरबासीहरुको पनि हो। विरोध गर्दै, खुट्टा तानेर बस्नु भन्दा पनि हामी सबै नागरिक मिलेर राम्रो काम भएको छ भने प्रशंसा गर्दै, नराम्रो काम भएको छ भने त्यसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने खबरदारीसहित सुझाव दिँदै अघि बढ्यौ भने मात्र हाम्रो नगर समृद्ध बन्न सक्छ। यि र यस्तै विषय र प्रसँगमा गरिएको कुराकानीका आधारमा तयार पारिएको यो सामग्री ।
इनरुवा नगरपालिकाको नगरप्रमुखको जिम्मेवार सम्हाले पछि भण्डारीले विषेशत तिनवटा अभियान सँँगै अघि बढाईरहेका छन्न। शिक्षा, स्वास्थ र कृषि ।समृद्धिका लागि शिक्षा,स्वास्थमा सबै नागरिकको पहुँच र आफु स्यम किसानको छोरो, किसान नै भएको र किसानका हरेक समस्या आफूले पनि भोगेको कुरा बताउदै आएका छन्न। मेयर भएर आएकै दिन देखि स्वास्थ, शिक्षा तथा कृषि लाई उच्च प्राथमिक्तामा राखेर काम गर्दै आएको र आवश्यकता अनुरुप बजेट विनियोजन गरेको कुरा आम नगरबासीमा सर्वविदितै छ।
यति मात्र नभएर समतामूलक समाजको निर्माण, सुशासन, वितिय पहुँचलगायत रोजगारी विकास तथा उद्योग–व्यवसाय प्रवद्र्धनलाई समेत प्रोत्साहन गर्दै कृषि क्षेत्रमा आएका हरेक समस्यालाई समाधान गरि प्राविधिक कृषिमा प्रोेत्साहन, बेरोजगारीको तथ्याङ्क संकलन गरि रोजगार व्यवस्थापन, वैदेशिक रोजगारीको तथ्याङ्क संकलन गरि रोजगार व्यवस्थापन, वैदेशिक रोजगारिमा जानेलाई उचित तालिमको व्यवस्थापन, दस वटै वडामा सुविधा सम्पन्न आधारभूत स्वास्थ चौकि, सार्वजनिक शौचालय तथा पार्किङ स्थलको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन साथै अनुगमन, समग्र खेल क्षेत्रको विकास, मुख्य चोक तथा दुर्घटना जोखिमयुक्त क्षेत्रको पहिचान गरि सीसी क्यामरा जडान, सार्वजनिक जग्गाको मापदण्ड, छाडा चौपायमुक्त सडक, दस वटै वडामा शुद्ध पिउने पानी सहज रुपमा वितरण, सडक साथै नाला निर्माण, निशुल्क शव बहान सेवा, वातावरण संरक्षण जस्ता थुप्रै योजनाहरुमा यथेष्ठ बजेट विनियोजन गरि एघारौं नगर सभाबाट पास भएको कुरा आम नगरबासीमा सर्वविधितै छ। आगामी बर्षहरुमा पनि यस्ता क्षेत्रहरुलाई आवश्यकता अनुसार प्रााथमिक्तामा राखेर अघि बढ्दै जानेकुरामा नगरप्रमुुख प्रतिवद्ध रहेको बताउँनुहुन्छ ।
यति मात्र नभएर भण्डारी निर्वाचित भएर आएसगै उनले ‘घर देखि घाट’ सम्मको अभियान ल्याएका छन्। जुन अभियान नगरमा निकै लोकप्रिय छ। गत आर्थिक वर्षमा मात्र ९५ दलित तथा अति विपन्न परिवार सदस्यको मृत्युु पर्यन्त दाहासंस्कार तथा किरिया खर्च प्रतीपरिवार दस हजारका दरले उपलब्ध गराई एको छ। एक जिम्मेवार व्यक्ति एवम् नगरको अभिभावक भैसकेपछि जनताको हरेक सुख–दुखमा साथ सहयोग गर्नु पर्छ भन्ने पवित्र धारणाले नगरमा कसैको देहान्त भयो भने भ्याए सम्म उनी सम्बेदना प्रकट गर्न घरमै पुग्छन्न।प्रतेक बर्ष कृषक हरुलाई सिजन अनुसारको बीउ बिजन र रसायनिक मल अनुदानमा उपलब्ध गराउदै आएका छन्न। पकेट तरकारी खेती लाई प्रोत्साहन, कृषि फार्महरु सञ्चालन गर्न समेत प्रोत्साहन गर्ने नीति ल्याएको कुरा मेयर भण्डारी बताउँछन् । गत आर्थिक वर्षमा मात्रै लघु उद्यम विकास कार्यक्रम मार्फत गरिव तथा विपन्न परिवारको आवश्यकताको आधारमा ८५ जना नयाँ उद्यमीलाई आयमुलक सीप सिकाई विभिन्न प्रविधि तथा कृषि सामाग्रिहरु (जस्तैः हाते ट्याक्टर, सोल्लर पम्प, धान काट्ने मेसिन, कुटि काट्ने मेसिन, स्प्रे पम्प आदि) नगरको ६० प्रतिशत र किसानको ४० प्रतिशत लगानीमा खरिद गरि हस्तान्तरण गरिएको छ। जस्ले गर्दा किसानको जिविकोपार्जनमा निकै सहज भएको छ। १३ जना उद्यमीलाई सामुहिक रुपमा व्यवसाय गर्न आत्मनिर्भर साझा सुविधा केन्द्र निर्माण गरि हस्तान्तरण समेत गरिएको छ भने इनरुवा–०५ मा ०६ वटा आवसिय घर निर्माण गरि दलित तथा मुसर समुदायका परिवारहरुलाई घर हस्तान्तरण समेत गरिसकिएको छ।
नगरको गौरवको रुपमा संचालित आयोजनाहरु शिव मन्दिर, दुर्गा मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने आम नगरबासीको स्वास्थलाई मध्यनजर गर्दै वडा नं १,६ र ७ मा खुुल्ला व्यायमशाला संचालमा ल्याईएको छ। यसलाई बिस्तारै आवश्यक्ता साथै माग अनुसार दस वटै वडा हरुमा विस्तार गर्दै जाने कुरा समेत नगर प्रमख भण्डारीले वताएका छन्न।भण्डारी मेयर भएर आउनु भन्दा पहिला यस्ता शिक्षा, स्वास्थ र कृषि जस्ता अति महत्वपूर्ण शिर्षकमा न्यू्न बजेट विनियोजन हुन्थ्यो भने अधिकांस बजेट फ्रिज भएर फिर्ता जान्थियो। त कतिपय कामहरु कागजमै सीमित भएर बजेट सकिएको कुरा अहिले विभिन्न समाचार माध्यममा आइरहेका छन्न । दलित, अपांग, विपन्न तथा गरिब परिवारको स्वास्थ सुरक्षाको लागि नेपाल सरकारको स्वास्थ बिमा कार्यक्रमबाट गत बर्षमा बीस लाख बराबरको स्वास्थ बिमा गरिएको र यसलाई निरन्तर्ता दिदै अधिबढ्ने योजना नगर प्रमुखको रहेको छ। गत बर्ष आसारमा उच्च शिक्षा अध्यन गर्न चहाने दलीत,विपन्न साथै अल्पसङ्ख्यक समुदायका किशोरी हरुलाई ५० थान साईकल वितरण गरि सकेका छन्न भने चौध वटा सामुदायिक विद्यालयहरुको प्राङ्गगणमा माटो पुर्ने कार्य सम्पन्न गरिएको छ। साथै आवस्यक्ता अनुसार अन्य विधालयहरुमा पनि माटो पुरिदै जाने र जस्ता पात हरु,जिर्ण अवस्थामा रहेका विधालयका अन्य सामाग्रि हरुपनि परिवर्त गर्दै अघि बढ्ने कुरामा निर्वाचित सबै जनप्रतिनिधि हरु विस्वस्त छन्न।
नगर क्षेत्रका दलित, विपन्न तथा सिमान्तकृत परिवारका विद्यार्थीलाई डाक्टर, इन्जिनियर, नर्स लगायतका प्रााविधिक विषयहरुमा प्रत्येक बर्ष कम्तिमा पाचँ जनालाई छात्रवृति उपलब्ध गराउन नगरको गौरवको आयोजनाको रुपमा नगर प्रमुख छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनको लागि प्रत्येक बर्ष चालीस लाख विनियोजन गर्दै आएको कुरा भण्डारी बताउछन् । र इनरुवा–०४ मा रहेको थोक बजारलाई आधुनिक संरचनाहरु निर्माण गरि कोशी प्रदेशको नमुना कृषि बजार बनाईने छ।जसले गर्दा इनरुवा तथा आसपासका श्रेत्रबाट बिहानको समयमा तरकारी खरिद विक्री गर्न आउनेलाई सहज हुने छ। फोहोरमैलाको दिर्घकालिन समाधानका लागि पैंतालीस लाखमा अत्याधुनिक फोहोर व्यवस्था केन्द्र धमाधम निर्माण भैरहेको छ। यति मात्र नभएर आफुले नगर प्रमुखको जिम्मेवारी सम्हाले यता यस्ता थुप्रै अनगिन्ती काम हरु संचालन भैरहेका छन्न तर आफुले गरेका अधिकांश काम राम्रा कामहरु ओझेलमा परेको गुनासो नगरप्रमुखको रहेको छ । तर आफुले गरेको काम हरु दिर्घकालीन काम भएको कारणले गर्दा यसको परिणाम ढिलो आउने तर सधै आउने कुरामा नगर प्रमुख विश्वस्त हुनुहुन्छ। अझै आफ्नो पूरा तीन बर्ष कार्यकाल रहेको छ, तेतिखेर सम्ममा आफुुले गरेका हरेकामको परिणाम आईसक्ने र आम नगरबासीले महसुस गर्ने कुरामा आफु पुर्ण रुपामा विश्वत भएको र २÷४ जना आफुलाई असफल तुल्याउनका निम्ति लागि परेकाहरुलाई गतिलो जवाफ हुने अपेक्षा नगरप्रमुख भण्डारीको छ । चुनावको बेला ‘म काम गर्न आएको हो, पैसा कमाउन आएको हैन’ भन्ने चर्चामा आएको नारा पनि पूरा हुन्छ। दिर्घकालिन सोच अनुसार आफुले काम गरेको भएर यस्को परिणाम आउन र नगरबासीले महसुस गर्न अझ केही समय लाग्ने छ।
पशुपालन किसानका लागि आधारभूत भेटेनरी सेवा र भ्याक्सिन निशुल्क गर्ने योजना छिटै कार्यान्वयनमा आउदैछ। लेखा प्रणाली,बेरुजु पछ्यौट जस्ता कार्यलाई चुस्त, दुरुस्त र व्यवस्थित गर्न लेखा समितिको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ। लक्षित बर्ग,महिला,बालबालिका,अपाङ्गता,आदिवासी जनजाति,दलित,मधेसी,मुस्लिम र पिछडा वर्ग समुदायको आर्थिक,सामाजिक र सांस्कृतिक समृद्धिका लागि महत्त्वपूर्ण कार्यक्रमहरु सञ्चालन गरि विभेद रहित र समतामुलक समाज निर्माण गर्ने लक्ष्य इनरुवा नगरपालिकाको नीति तथा कार्यक्रमले लिएको छ। करिव दुई साता पहिला मात्र इनरुवाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनु भएका अग्नि प्र.अधिकारिले नगरपालिकाको प्रशासनिक व्यवस्थापनलाई चुस्त बनाउदै नगरपालिकाका सम्पूर्ण कर्मचारी समयको मध्यनजर गर्दै सेवाग्राहिलाई सहज रुपमा सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ।र उहाँ स्वय पनि समृद्र नगरको परिकल्पनाका साथ दिन रात काम गरिरहनु भएको छ जुन निकै प्रशंसायोग्य छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो