नेपाली कांग्रेस धनकुटाले महालक्ष्मी नगरपालिकाको लेगुवामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस नेता वडा नं. ५ का वडाध्यक्ष सन्त वहादुर कुवरका माता तथा कांग्रेसका अभिभावक स्वर्गीय लोकमाया कुवरको सम्मानमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
स्वर्गीय कुवरको ७ औ पुण्य दिनमा आयोजित सो कार्यक्रम नेपाली कांग्रेस धनकुटाले महालक्ष्मी नगरपालिकाको वडा नं. ५ राम बजारमा आयोजना गरिएको छ ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, क्षेत्रिय सभापती ख का राजन पौडेल, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी, नेपाल शिक्षक संघ धनकुटाका तुलसी पुरी, पूर्व जिल्ला सदस्य रेखा पुरी, पूर्व महासमिती सदस्य मान वहादुर मिश्र, महालक्ष्मी नगरपालिका वडा नं. ५ का सभापति राजिब बुढाथोकी,वडा नं. ९ का सभापती सोभित काफ्ले, प्रदेश महाधिवेशन प्रतिनिधि हिमा कार्की लगायतका कांगेसजनले स्वर्गीय अभिभावक लोकमाया कुवर प्रती श्रद्धाञ्जली अर्पण गरे ।
सो अववसरमा धनकुटा कांग्रेसका सभापती दिनेश राई लगायत कांग्रेस नेताहरुले परिवारजनमा समवेदना पत्र समेत प्रदान गरेका छन् ।
७९ बर्षका उमेरमा निधन हुनु भएका स्वर्गीय लोकमाया कुवरको छोराहरु नेपाली कांग्रेसका नेता वडाध्यक्ष सन्त वहादुर कुवर, टेक वहादुर कुवर, तेज वहादुर कुवर, विष्णु कुवर, बासुदेव कुवर र छोरीहरु अम्विका कुवर र गिता कुवर छन् । ।
फाष्ट मिडिया नेपाल संवाददाता
२८ असोज २०८०, अाईतबार ०९:५५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो