इटहरीले शैक्षिक इतिहास रच्दै, जनता बहुमुखी क्याम्पसकी छात्रा व्यवस्थापन चौथो वर्षमा नेपाल प्रथम

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी समुन्नत र स्तरीय अनि शिक्षित बन्ने लक्ष्यमा लम्किरहेका बेला इटहरीको सबैभन्दा पुरानो र ठूलो शैक्षिक संस्था जनता बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राले इटहरीको शैक्षिक स्तर माथि उठाई दिएकी छन् । सो क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायको चौथो वर्षको परिक्षाफल प्रकाशन भएसँगै इटहरीले उक्त इतिहास रचेको दावी क्याम्पसले गरेको छ । उक्त क्याम्पसको व्यवस्थापन संकाय चौथो वर्षमा अध्ययरत छात्रा जीविका दाहालले ८३.२ प्रतिशत अंक ल्याए पछि उनी नेपाल प्रथम भएको दावी क्याम्पसको रहेको छ । 

जनता बहुमुखी क्याम्पस सुपरीवेक्षण तथा शैक्षिक व्यवस्थापन समिति निरीक्षण संयोजक शिवराज दाहालले उनी नेपाल प्रथम भएको दाबीसहित क्याम्पस प्रशासनमा सूचना आएको बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले क्याम्पसले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।

आगामी दिनमा पनि क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन विद्यार्थीलक्षित रचनात्मक योजना ल्याउने उनको भनाइ छ । विद्यार्थीको क्षमता अभिवृद्धिसहित उत्कृष्ट नतिजा ल्याउनका निम्ति क्याम्पस प्रशासनले काम गरिरहेको उनले बताए ।

क्याम्पस प्रमुख प्रा। डा। गीता अधिकारीले व्यवस्थापन शंकायबाट जीबिका नेपाल प्रथम भएको र अरु शंकायमा पनि उत्कृष्ट नजिता ल्याउने विश्वास गरिन् ।

यसअघि विराटनगरको मेरिल्याण्ड कलेजले आफ्नो छात्र प्रथम भएको दावी गरेको थियो । कलेजका प्रवेश पौडेलले ८१.६ प्रतिशत अंक ल्याएका थिए । उनको भन्दा बढी अंक जीविकाले पाएको खुलेको हो । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया