फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । बाँकेको एक बाल सुधार गृहमा दुइ पक्षीय झडप हुँदा एक जनाको निधन भएको छ । झडपमा परी रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसीको निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक नारायण डागीले बताए । डाँगीका अनुसार उक्त झडपमा परेर १० जना घाइते भएका छन् । झडपका क्रममा उक्त सुधारगृहमा तोडफोड समेत भएको छ । मोटरसाइकला आगजनी समेत गरिएको प्रनाउ डाँगीले बताए । मृतक केसी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधार गृहको थुनामा रहेको प्रनाउ डाँगीले बताए ।
बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधारगृहमा भएको सो झडपको मौका छोपेर नौ जना थुनुवा फरार भएका छन् ।
फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको प्रनाउ डाँगीले बताए । उनअनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।
थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने प्रहरीले चारैतिरबाट भवनलाई घेरेर राखेको छ । प्रहरीका अनुसार बाल सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको पोसाकमा पनि आगजनी गरेका छन् ।
दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले पनि दुई पक्षबीच भनाभन भइरहेको छ । सुधार गृहका थुनुवा खगेन्द्र सारुङ मगरले सुतेको अवस्थामा अर्को पक्षले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । आफूलाई टाउको र हातमा निर्घात कुटेका उनको जिकिर छ ।
भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् । दुई सय ५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो