वातावरणमैत्री विद्युतिय सवारी साधन प्रयोगबाट आर्थिक भार कम हुने कोशीका मन्त्री राईको धारणा

सुप्रिया राई

इटहरी । बातावरण मैत्री स्वस्थ्यमैत्री विद्युतिय सवारी साधन प्रयोग गर्नलाले देशमा आर्थीकभार घट्ने कोशी प्रदेशका सामाजीक विकास मन्त्री पाच कर्ण राईले बताएका छन् ।

 लक्जरी एसयुभी स्काइवेलको स्वरुम इटहरीमा उट्घाटन गर्दै  उक्त कुरा मन्त्री राईले वताएका हुन्, यतीवेला विस्वमा जलवायु परिवर्तन हुनाले विस्वका विकसीत राष्ट्रहरु पनि चिन्तीत छन् । हामी जस्ता अल्पसविकसीत राष्ट्रहरु पनि चिन्तीत छौ,हाम्रा सेताम्मे हिमालहरु कालो पत्थरले परिणत हुदैछ मन्त्री राईले थपे ।

हाम्रो सहरहरुमा विहान वेलुका मर्नीङवाक गरेर आफ्नो स्वास्थ्य सुधारका लागी परे पनि हामी चिन्तीत छौ किनभने हाम्रो वायुप्रदुसण दिनानु दिन विग्रीदै गइरहेको छ,त्यसैले आफ्नो मन्त्रालयमा सवै सवारीसाधनहरु खरिद गर्दा इभी गाडीनै खरिद गर्ने कीनकी यसमा तेल नलाग्ने धुवा नफाल्ने भएकोले गर्दा आर्थीक भार नहुने साथै वातावरणमा प्रदुसण नहुने पनि मन्त्री राईले वताए  ।

प्रिमियम जर्मन कार थन्काएरु पर्यावरणको जगेर्ना गर्ने सोचका साथ उही लक्जरी प्राप्त स्काईवेलका एसयुभी चड्न चाहानुहुने ग्राहकलाई घरमानै गएर सेवा दिने र आफुहरु सग स्पेयर्स पार्टसहरु रहेको कम्पनीका प्रवन्ध निर्देशक कैलास गेलालले वताएका छन् ।

त्यसै गरी इकाईवेल साधारण इभी मात्र नभएर एसयुभी ब्राण्डको सवारी साधन भएको र एक करोड १५ लाख रुपैया मुल्य सम्म पर्ने स्काईवेलका एसयुभी को सुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी  ७९ लाख  ९० हजार रुपैया पर्ने र अहीले सम्मकै प्रिमीयर फिचर भएको सानो एसयुभी पनि लिएर आउने कार्यकारी निर्देशक  पारस मणी गेलालले जानकारी गारए ।


सुप्रिया राई
प्रतिक्रिया