इटहरी ।। इटहरी उपमहानगरपालिकाको तरुण दलको वडा विस्तार अभियान अन्तरर्गत इटहरी १६ मा मनोज वि.कको नेतृत्वमा एकचालिस सदस्यीय कमिटी गठन भएको छ ।
नेपाली काग्रेसको भातृ संगठन तरुणदलमा विभीन्न पाटिका युवाहरुले पाटि परीत्याग गरी तरुण दलमा प्रवेस गर्ने इक्षा जाहेर गरे पछि प्रवेस गराइएको र संगठनमा सहयात्रा गराउदै अगाडी वढाउने नेपाल तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङले प्रतिवद्धता जाहेर गरेका छन् ।
इटहरीका बिसवटा वडाहरुमा तरुण युवाहरुको जुन हिसावको उल्लेखनीय उपस्थीती रहेको छ त्यो देखेर नेपाली कांग्रेसमा भएका तरुण साथीहरु सवै हर्सीत भएको साथै युवाहरु तरुण दलमा संगठित भइ समाजको काम गर्न इच्छुक हुदै सुनसरी जिल्ला भरी एउटा ससक्त संगठन विस्तार हुदा नेपाली कांग्रेसको लागी कोसेढुङगा सावित हुने आशा अपेक्षा राखेको पनि अध्यक्ष गरुङले वताए ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा नम्वर १६का वडा सभापति लोक प्रसाद पराजुली, उपसभापति लक्ष्मी नारायण चौधरी,नेपाली कांग्रेस जिल्ला सदस्य कृष्ण कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो