एजेन्सी । मेक्सिकोले विगत केही वर्षमा करिब १८ हजार अवैध हतियार जब्त गरेको छ, जसमध्ये ७७ प्रतिशत हतियार अमेरिकाबाट भित्रिएका मेक्सिकोका रक्षासचिव रिकार्डो ट्रेभिल्ला ट्रेजोले जानकारी दिएका छन् ।
मंगलबार (१० फरवरी) आयोजित प्रेस सम्मेलनमा राष्ट्रपति क्लाउडिया शैनबाउमले यी हतियारहरू कसरी संगठित अपराध समूहको हातमा पुगे भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेकोमा जोड दिए । उनले ड्रग तस्करी र सिमापार हतियार तस्करीलाई मेक्सिकोका प्रमुख चुनौतीका रूपमा उल्लेख गरे ।
अपराधिक गिरोहलाई कमजोर पार्न र सुरक्षा चुनौतीहरू सामना गर्न संयुक्त प्रयास र अन्तर्राष्ट्रिय सहयोग अनिवार्य रहेको राष्ट्रपति क्लाउडिया र रक्षासचिव ट्रेजोको भनाइ थियो ।
विशेष रूपमा, अमेरिकासँगको सशस्त्र र सुरक्षा समन्वयलाई अझ सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिइएको छ । यसले अमेरिका र मेक्सिकोबीच सीमा पार हतियारको समस्यालाई फेरि ध्यानाकर्षण गराएको छ, जहाँ अवैध हतियारहरू प्रायः सिमापार भएर गिरोह र तस्करी नेटवर्कमा पुग्ने गरेको देखिन्छ ।
Nathanael
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो