नेपाली कांग्रेस धनकुटाले मातृ शोकमा रहनु भएका मन्त्री लिम्बुको आमाको तेह्रौ पुण्य तिथिमा मोरङको लेटाङमा ग¥र्यो श्रद्धाञ्जली कार्यक्रम

फाष्ट मिडिया नेपाल संवाददाता

नेपाली कांग्रेस धनकुटाले  मोरग जिल्ला कांग्रेसका सभापती, नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री माननीय डिक वहादुर लिम्बुको आमा तथा नेपाली कांग्रेसका अभिभावक समाजसेवी हंसनुमा लिम्बुको तेस्रो पुण्य दिनमा आइतबार लेटाङ्ग ६ गुवावारीमा श्रद्धाञ्जली कार्यक्रम गरी परिवारजनमा समवेदना पत्र प्रदान गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगाना, कोशी प्रदेश कार्य समितिका सभापति उद्धव थापा, कोषाध्यक्ष राजेश गुप्तालगायत कांग्रेस नेताहरुको उपस्थितिमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव राम वहादुर रायमाझी, प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले मोरङ जिल्लाका नेपाली कांग्रेसका सभापति, नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री  डिक वहादुर लिम्बुलाई समवेदना पत्र प्रदान गरी  हालै निधन  भएकी मन्त्री लिम्बुको स्वर्गीय आमा प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

१०३ बर्षको उमेरमा निधन हुनु भएका कांग्रेसका अभिभावक समाजसेवी स्वर्गीय हंसनुमा लिम्बुको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगाना, कोशी प्रदेश कार्य समितिका सभापति उद्धव थापा, कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव राम वहादुर रायमाझी,प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले बताए ।   मन्त्री लिम्बुले  स्वर्गीय आमा हंसनुमा लिम्बू प्रति श्रद्धाञ्जली अर्पण समेत गरेका थिए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया