मोसुको ऐतिहासिक १२ औं साधारणसभा तथा बनभोज कार्यक्रमबाट पुनः बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ टिम निर्विरोध चयन
इटहरी । सामाजिक कर्ममा अब्बल संस्था मोरङसुनसरी सेवा समाजको ऐतिहासिक १२ औं साधारणसभा तथा बनभोज कार्यक्रमबाट पुनः टेकनाथ बरालको नेतृत्वमा नयाँ टिम निर्विरोध गर्दै सम्पन्न भएको छ । मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ मूल नाराका साथ स्थापित मोसु नेपालको यस पटकको साधारणसभा तथा बनभोज एैतिहासिक भएको छ । मोसुसम्बद्ध व्यक्तिहरुको साथ र सहयोगबाट खरिद गरिएको संस्थाको सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ को किस्ती पुल नजिकै दक्षिण तर्फको जग्गामै उक्त ऐतिहासिक कार्यक्रम गरिएको छ ।
कोशी प्रदेशका सभासद तथा मोसुकै मानार्थ सदस्य समेत रहेका रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष टेकनाथ बरालको अध्यक्षतामा कार्यक्रम आयोजना भएको हो ।
निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष द्वय चिरञ्जीवि तिम्सिना, पुष्पा कार्की, महासचिवमा भिम घिमिरे, सचिव सन्तोष दाहाल, कोषाध्यक्षमा सूर्य थापा, सहकोषाध्यक्षमा लिलाधर बाँस्तोला चयन भएका छन् । यसैगरी सदस्यहरुमा मिलन कार्की, सरिता केसी, राजु परियार, रेवती भट्टराई, इन्दिरा दाहाल, चन्द्र प्रसाद ढकाल र सुजु थापा निर्विरोध भएका छन् । बन्दसत्रबाट अध्यक्षको भावी रणनीतिको प्रतिवेदन, प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिएको थियो ।
कोशी प्रदेशका सभाषद रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगर, सुन्दरहरेंचा नगरपालिकाका पुर्व मेयर शिवप्रसाद ढकाल र गायक कृष्णभक्त राईको विशेष आतिथ्यता र देवीझोडा सामुदायिक वनका अध्यक्ष गोविन्द बस्नेत लगायतको आतिथ्यता थियो । यसैगरी सो कार्यक्रमको अन्तिम अवस्थामा गायक द्वय कृष्णभक्त राई र गोविन्द बस्नेतको उपस्थिति रहेको थियो ।
संस्थाका महासचिव ललित बहादुर निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा मोसु नेपालका संस्थाका अध्यक्ष बासुदेव खड्का, सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिव प्रसाद ढकाल, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ, स्थानीय व्यवसायी तथा बुद्धिजीवि नवराज चापागाई, मोसु पूर्व अध्यक्षहरु बद्री प्रसाद बिमली, गोकुल बहादुर थापा, लोकबहादुर तामाङ, कतार पूर्व अध्यक्ष अग्नी रिजाल, चिरञ्जीवि तिमल्सिना, सुविधा बचत तथा ऋण सहकारीका प्रतिनिधि टेकेन्द्र श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष विवेक भट्टराईले स्वागत मन्तव्य राखेको सो कार्यक्रम द्वीप प्रज्वलन गरी ब्यानर पढेर उद्घाटन गरिएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष लोकबहादुर तामाङ, मोसु नेपालका संस्थापक अध्यक्ष बासेदव खड्का, स्थानीय व्यवसायी तथा बुद्धिजीवि नवराज चपागाई, सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिव ढकाल, केराबारी गाउँपालिकका अध्यक्ष सुमन मिरिङचिङलगायतले आ–आफ्ना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको भूमिका रहनु भएका प्रदेशसभा सदस्य बस्नेतले
साधारणसभा जसरी पनि सफल हुन्छ नै तर त्यो सफलताको गहिराई भनेको बन्द सत्रमा हुने गर्छ । त्यो बन्द सत्रमा प्रस्तुत भएका प्रस्तावमा आग्रह र पूर्वाग्रहका साथ समर्थन वा विरोध हुने गरेको उल्लेख गरे । उनले भने राम्रो भएको कुरालाई कार्यान्वयनमा लैजाने र कर्त चुकेको अवस्था देखिएमा सुधारेर, सच्याएर जान बन्द सत्र अभिप्रेरित हुन पर्ने औंल्याए ।
हजारौं संस्थाहरुको भिडमा यस संस्थाले पृथक ढंगबाट काम गरिरहेको उल्लेख गरे । मुलुकलाई सबैभन्दा बढी सहयोग हुने खाडी मुलुकहरुमा दुःख, सुख साट्ने अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने निश्चित उद्देश्यसहित त्यहाँ सिकेका सिप र सिकाईहरुलाईहरुलाई यहाँ ट्रान्सपरेन्ट गर्ने लक्ष्यका साथ कार्यान्वयन गरिरहेको बताए । विपद र अन्य कुराले अप्ठ्यारोमा परेकालाई डोनेसन माग्न र अलिकति दिन र अलिकति कार्यकर्ता परिचलन गर्ने भन्दा फरक ढंगबाट आफ्नै स्रोत साधनबाट पारदर्शी ढंंगबाट समाजमा अत्यन्तै सह्रानीय र उदाहरणीय काम भएकोमा म आफू पनि संस्थाको मानार्थ सदस्य भएको नाताले सन्तुष्ट रहेको समेत उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैंचाका निवर्तमान नगरप्रमुख शिव ढकालले आफूलाई मोसु भन्ने वित्तिकै २ वटा विषयले हर्टटच गर्ने उल्लेख गरे । कोरोनाको बेलामा कतै अक्सिजन नपाएर बिरामी छटपटाईरहेको बेलामा ठूला ठूला दातृ संस्था भन्दा अगाडि विषयम परिस्थितिमा यस संस्थाले ८÷८ वटा सिलिण्डर दिएर ठूलो गुन लगाएको आफुले बिर्सन नसक्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतलाई कदरपत्रले सम्मान गरिएको थियो भने अन्य अतिथिगणलाई मायाको चिनोले बिदाई गरिएको थियो । कार्यक्रमसँग बनभोज हर्ष र उमंगका साथ मनाइएको थियो । कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्षले सबैलाई धन्यवाद दिँदै हिजो अबका दिनमा पनि साथ र सहयोग गर्न सबौई आग्रह गरे ।
साधारणसभामा उपस्थित भएका गायक द्वयले सांगीतिक माहोल खडा गर्दै गित गाएर मोस’का अभियन्तालाई नचाएका थिए । सन २००१ मा कतारमा स्थपित मोरङ सुनसरी सेवा समाज २०६८ सालमा मोरङ सुनसरी सेवा समाज नेपाल नामबाट बिधिवत दर्ता भएको थियो । हाल विभिन्न ८ मुलुकमा शाखा बिस्तार गरेको संस्थाले रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर तथा दैवी प्रकोप लगायत विभिन्न सामाजिक सेवाको क्षेत्रमा सक्रिय सहभागिता र सहयोग गर्दै आएको छ । संस्थाले बिगत केही बर्षयता एम्बुलेन्स समेत संचालन गर्दै आएको छ
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो