भोजपुर । भोजपुर नगरपालिका १० को काफ्ले– महभिर –खुरिला सडक खण्डमा पर्ने महभिर खोलामा पक्की पुलको उद्घाटन गरिएको छ । नेपाल सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा २०७५ सालबाट पुल निर्माण शुरु गरिएको थियो । सोही पुलको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका हुन् । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु. दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो ।
२० मिटर लम्बाई रहेको पुलको उद्घाटन गर्दै सांसद कार्कीले यहाँको विकासका लागि पक्की पुलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो’ उनले भने,‘ स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौँ । अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने छ– सांसद कार्कीले बताए ।’
खोलामा काठे पुलबाट ओहोर दोहोर गर्दा स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयबासी नेपाली काङ्ग्रेसका जिल्ला सचिव तथा काङग्रेसको केन्द्रिय विभाग अन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताए ।
‘महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो’ कार्कीले भने,‘धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएका छौँ । अव हामीलाई आवतजावतमा सहजता छपिएको छ । म आफैँले पनि धेरै ठाउँमा पहल गरेपछि निर्माण गर्न सफल भएका छौँ ।’
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो