वर्ष अघि मुलुकको पहिलो निर्वाचित सरकार र संसद माथि ‘कु’ गरेर राजा मेहन्द्रले सैन्यबलमा शाही निरंकुशता सुरु गरे। प्रजातन्त्रवादीहरु त्यसैले पुष १ लाई कालो दिनका रुपमा चिन्छन्। तर राजतन्त्रका पक्षधरहरु आजकै दिनलाई उपलब्धीको रुपमा लिने गरेका छन् । तथापि राजतन्त्रको पक्षधर भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गणन्त्रलाई मान्दै संसदीय अभ्यासमा सहभागी भईरहेको छ । ६० वर्ष अगाडि नै राजा महेन्द्रले अहिलेको सन्दर्भ, समय र नेपाली समाजको वनावट अनुसार हावापानी सुहाउँदो व्यवस्था प्रजातन्त्र होइन भनेर एकतन्त्रीय शासनको सुत्रपात गरेका थिए । राजा त्रिभुवनको योगदानलाई पाइतालामुनी कुल्चिएरै भए पनि महेन्द्रले नेपाली माटो र हावापानी सुहाउँदो व्यवस्था भनेर पञ्चायती व्यवस्था लादेका थिए । आज त्यो दिन ६ दशक नाघि सक्दा पनि परिस्थिति उस्तै देखिन्छ । नेपालमा प्रजातन्त्र स्थापित भएको झण्डै ४ दशक पुग्न लागिसक्दा पनि नेपालमा लोकतन्त्र, पजातन्त्र संस्थागत हुन नसक्नु र यतिबेला पुनः राजतन्त्रका पक्षधरहरुको आवाज बुलन्द हुनुले परिस्थिति त उस्तै रहेछ जतिबेला महेन्द्रले कु गरेका थिए भन्ने आभास भईरहेको छ ।
आज राजतन्त्रवादी मात्र होइन अन्य धेरै कोणबाट त्यही दिनको सम्झना गरिरहेको सन्दर्भमा गणतन्त्रवादीहरु भने उनीहरुको आवाज दबाउने उद्देश्यले अगाडि बढेको देखिन्छ जुन कालान्तरमा महंगो पर्न सक्छ । नेपाली राजनीतिकका मियो बनेका नेताहरुको कब्जामा रहेको नेपाली शासन व्यवस्थाले नेपाली समाजलाई विखण्डीत र विस्मित बनाउँदैछ । उनीहरुको व्यक्तिवादी चरित्र, धनसम्पत्ति प्रतिको लालचा र आफ्ना, आफन्त, आसेपासे पोस्ने रणनीतिले उनीहरु अनेकन काण्डमा मुचिएका छन् । नीति, नियम, कानुनले खुट्टा छोडिसकेको छ । जतिसुकै अपराध गरेपनि उन्मुक्ति दिने र पीडितले न्याय नपाउने सन्दर्भले गर्दा आज गणतन्त्र प्रतिको वितृष्णा बढ्दै गईरहको सन्दर्भमा नेपाली समाजले पुस १ को सम्झना राम्रैसँग गर्न थालेका छन् ।
त्यो दिन अर्थात पुस १ गतेले देशमै पहिलो पटक स्थापित प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य मात्र गरेन बरु मुलुकमा कायम रहँदै आएको शाहवंशीय राजतन्त्र अन्त्यको मार्ग चित्र बनाउने आधार समेत स्थापित गरिदियो। धेरै मानिसहरु आजसम्म पनि भन्ने गर्छन् बीपी र राजा महेन्द्र मिलेर त्यो बेला प्रजातान्त्रिक शासन व्यवस्था चल्न पाएको भए देश धेरै अघि जाने थियो।
कसरी आएको थियो पुस १ ?
२०१५ सालका सांसद श्रीभद्र शर्माले त्यो दिनको स्मरण गर्दै ‘बीपीसँगका केही स्मरण’ नामक आफ्नो पुस्तकमा लेखेका छन्, ‘घाम एकदमै प्यारो लाग्ने याममा आकाश जब बादलले डम्म ढाकिन पुग्छ र वातावरण पूरै रुदिलो र बुदिलो वन्छ, त्यस्तो दिनलाई संस्कृत भाषामा दुर्दिन भनिन्छ। रातिदेखि बुँदाबुँदी पानी परेको र आकाश पूरै कालो बादलले डम्म ढाकिएको । चिसो बतासले मुटु कमाउने र कुहिरोले गर्दा दृष्टि परसम्म फैलिन नपाउने दुर्दिन थियो पुष १ गते।
बिहानैदेखि काठमाडौंका सडक गल्ली र चोक चोकमा सेनाका बख्तर बन्द गाडीहरु ओहरदोहर गर्न थाले। त्यो दृष्यले सम्भावित दुर्घटनाको संकेत गरिरहेको थियो । राजाले आज भोलीमा ‘कु’ गर्छन् भन्ने हल्ला धेरै दिनदेखि चलेको थियो।’
खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिए।
कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए। यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा।तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो