मोसु प्रवास शाखा साउदी अरेबियाको तेस्रो साधारणसभाबाट थापाको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन

फाष्ट मिडिया नेपाल संवाददाता

साउदी अरेबिया । मोरङसुनसरी सेवा समाजको प्रवास शाखा साउदी अरेबियाले तेस्रो साधारणसभा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । सामाजिक अभियन्ता दिपक थापाको नेतृत्वमा २६ सदस्यीय सर्वसम्मत समिति चयन भएको छ । २०२४–२०२६ अर्थात २०८०–२०८२ का लागि निर्वाचित सो समितिको उपाध्यक्षमा ५ जना चुनिएका छन् । जसमा रोशन कुमार श्रेष्ठ, तुलारम लिम्बु (राज), कल्पना बस्नेत पोखरेल, सन्दिप कार्की र किशोर राई रहेका छन् । यसैगरी संस्थाको सचिवमा देवेन्द्र विश्वकर्मा चुनिए भने तीन जना सहसचिवमा लोकबहादुर पुरी, सन्जिब कोइराला, जयन्ती लिम्बु चुनिएका छन् । यस्तै कोषाध्यक्षमा खेमराज कार्की छनौटमा परे भने सहकोषाध्यक्षमा पनि तीन जना छानिएका छन । जसमा शिवराज अधिकारी, लाल बहादुर बोगटी र मीन प्रसाद अधिकारी रहेका छन् । यस्तै युवा संयोजकमा पुरन तामाङ चुनिएका छन भने महिला संयोजक ईशारा दाहाल छनौटमा परेकी छन् । यस्तै समितिको सदस्यहरुमा कमल महतो, सोमिया सुन्दास, आशिमा श्रेष्ठ, रोशन बस्नेत, अमर कार्की, सीता क्षेत्री थापा, फुर्वा लिम्बु, शर्मिला मगर, ऋत्तम भट्टराई, ईन्दिरा श्रेष्ठ, बिनोद खड्का छानिएका छन् । यस्तै सो साधारणसभाबाट सल्लाहकार परिषद्को समेत गठन गरिएको छ । जसको संयोजकमा सुजनशेर राई रहेका छन भने अन्य सल्लाहकार परिषद् सदस्यहरुमा हेम सुवेदी, राजेन्द्र अर्याल, दिनेश न्यौपाने, रबिना अर्याल, गणेश पोखरेल, नगेश तामाङ, अमर श्रेष्ठ,, अरुण केसी, राजेन्द्र लिम्बू, नवीन मुडभरी, मनिष कोईराला, कर्ण बहादुर बस्नेत, मनोज धिमाल  र सुरेन्द्र मोक्तान तामाङ रहेका छन् । 

साउदी अरेबियाका लागि नेपाली राजदुत नवराज सुवेदीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा उपप्रमुख डमरुबल्लव पौडेल, प्रथम सचिव टिएन गिरी, मोसु नेपालका सल्लाहकार एबं प्रवास शाखा समन्वय समितिका संयोजक कुमार कार्की, को विशिष्ठ आतिथ्यता रहेको थियो भने साउदी अरेबियाका एनआरएन अध्यक्ष तथा सदस्यहरु, विभिन्न संघसंगठनका प्रतिनिधि, राजनीतिक संगठनका प्रतिनिधिलगायत मोसु पूर्व अध्यक्ष, सल्लाहकार तथा मानार्थ सदस्य, मिडियाकर्मीहरुको आतिथ्यता रहेको थियो । मोसुका पूर्व तथा वर्तमान पदाधिकारी, आजीवन सदस्य, साधारणसदस्यलगायत गैर मोसु सामाजिक अभियन्ताहरुको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको निवर्तमान अध्यक्ष सुजनशेर राईले फाष्ट मिडिया नेपाललाई जानकारी दिए । 

कार्यक्रममा २०२२/२४ को कार्य सम्पादनको मुल्याङ्कन गरी खेमराज कार्की र गणेश पोखरेल लाई सुजनसेर राईले प्रशंसा पत्रले सम्मान गरेका थिए। सोहि कार्यक्रममा समाज मा अतुलनीय योग्दान पुर्याउदै आउनु भएका समाजसेवी द्वय दिपक रेग्मी ब्याबसायी, नेका नेता एबं ल्च्ल्ब्(क्ष्ऋऋ सदस्य० र ब्याबसायी अ्मर सापकोटा लाई मोसु मानार्थ दिएका छन्। कार्यक्रममा सबै पाहुनालाई मोसु साउदिको प्रगति बिवरण पुस्तक बनाई बितरण गरेका थिए। उठेका जिज्ञासा लाई राईले सम्बोधन गरेका थिए।

कार्यक्रममा निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि महामहिम नवराज सुबेदी र नियोग उप प्रमुखले सुजनसेर राईको २०२२/२४ कार्यकाल र मोसुको अभियान बारे खुलेरै प्रसंशा र धन्यवाददिएका थिए । कार्यक्रममा जितेन्द्र थपलिया, बिष्णु घिमिरे, हेम सुबेदी, रुपक वाइबा, टेक नारायण गिरी, दिपक रेग्मी, रबिना अर्याल , अमर श्रेष्ठ , अर्जुन थापा, अमर सापकोटा, लगायल धेरै बक्ताहरुले शुभकामना र बधाई दिएका थिए।कार्यक्रममा नेपाली नृत्य समुहले पुर्वै रमाइलो गितमा नृत्य प्रस्तुत गर्दै अतिथिहरुलाई मनोरञ्जन गराएका थिए। बासुरी बादक राज यात्री को समुहले बाध्यबादन बजाएर मनोरञ्जन दिएका थिए । NRNA-ICCसदस्य दिपक रेग्मी, NRNA-ICC अध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति सभापति अर्जुन थापा, प्रवासि नेपाली मन्च अध्यक्ष अंमर श्रेष्ठ , प्रवासी मन्च गंगा गोदार, पानस उपाध्यक्ष धिरज साउद , मानार्थ द्वारिकाराज गिरी, अन्नपुर्ण पोष्ट मध्यपुर्व प्रतिनिधि बिष्णु घिमिरे अन्तरसंस्था अध्यक्ष अमृत पौडेल, लगायत चालिस माथि संस्थाको अध्यक्ष र प्रतिनिधि साथै १८३ सामाजिक अभियान्ताहरुको उपस्थिति थियो भने राज लिम्बुले कार्यक्रम संचालन गरेका थिए। अन्त्यमा सभापति राईले सबै आदरणीय पाहुना प्रति कृतज्ञता ब्यक्त गर्दै आफ्नो कार्यकाललाई माया गरे झैं दिपक थापाको नेतृत्व लाई पनि साथ र माया गरिदिन अनुरोध गर्दै शुभकामना दिएका थिए।

कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षता समेत गरेका राईले कार्यक्रमलाई सफल बनाउन उपस्थिति सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन् । राईले दोस्रो साधारणसभाले अपेक्षा, आशा र भरोसा गरेर दिएको जिम्मेवारीलाई क्षमताले भ्याएसम्म कोशिस गरेको बताए । उनले काम गर्ने क्रममा कुनै कमजोरी भए होलान, कति योजना अधुरा होलान त्यसप्रति क्षमाप्राथी रहेको बताएका छन । नयाँ टिमले आफूले गर्न नसकेका वा अधुरा रहेका कामलाई निरन्तरता दिनेमा आशावादी रहेको समेत उल्लेख गरेका छन् ।  नवनिर्वाचित अध्यक्ष थापाले कार्यक्रमलाई सफल बनाउँदै आफू गरिमामय पद अधयक्षमा चयन भएकोमा सम्बद्ध सबैलाई धन्यवाद दिँएका छन् । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया