सुन्दरहरैंचाको अब्बल विद्यालय पुर्वाञ्चल एकेडेमीले मनायो विद्यार्थीसँग दशैं

दयाराम कटेल

इटहरी । मोरङको सुन्दरहरैचा स्थित पूर्वाञ्चल एकेडमीले आज बालबालिकाहरुलाई टीका जमरा दक्षिणा दिई दसैँ मनाएको छ। संस्कार युक्त शिक्षा साथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको यस एकेडमीले बालबालिकालाई सानो उमेर देखि नै चाडपर्वको जानकारी आवश्यक रहेको भन्दै दसैंको टिका कार्यक्रम मनाएको हो।

पूर्वाञ्चल एकेडेमीका प्रिन्सिपल दिपेन राईले विद्यार्थीहरुलाई समय समयमा अतिरिक्त कार्यक्रम गरिएकोले विद्यार्थीहरु विभिन्न क्षेत्रमा अब्बल हुँदै गएका छन्। यो सँगै यस्ता रीति रिवाज तथा परम्परागत संस्कारका बारेमा जानकारी उपलब्ध गराई मनोरञ्जनात्मक र रचनात्मक ढंग बाट दसैँ मनाइएको छ। विगतका समयमा विभिन्न स्थानमा लिङ्गे पिङ हुने गरेको थियो भने अहिले त्यो अवस्था विभिन्न कारणबस त्यो परम्परा हटेको छ। त्यहि अवस्थालाई चित्रण गराउँदै बालबालिकाहरुलाई त्यसको महत्त्व दिन पनि विद्यालय बाट सुरु गरिएको जानकारी दिएका छन्। 

यस्तै पूर्वाञ्चल एकेडेमीले आफनो विद्यालय प्राङ्गणमा लिङ्गे पिङ पनि बनाएर बालबालिकालाई खेलाएको थियो।

आज दशैं विशेष कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई विजयादशमीको टीका लगाइ आशीर्वादसङ्गै दक्षिणा दिएर  यस दशैं पर्वको  सांस्कृतिक महत्व र विशेषताका बारेमा जानकारी गराएको छ ।


दयाराम कटेल
प्रतिक्रिया