मेष – आजको दिन पराक्रम र आत्मविश्वास वृद्धि भइ धनलाभ होला । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । सोचेभन्दा बढी नै लाभ मिल्ने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।
वृष – घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । आजको दिन आर्थिक काम बन्छ तर काम गर्दा धेरै नै सचेतना अपनाउनु हितकर होला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । यात्रापद कार्यमा खर्च होला । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।
मिथुन – काममा विघ्नबाधा उपस्थित हुन सक्ने समय छ । व्यक्तिगत काममा समय र धन खर्च होला । आजको दिन आर्थिक हानी हुनसक्छ, सावधान रहनुहोला । भौतिक साधनमा क्षति पुग्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, ख्याल राखेर व्यवहार गर्नुहोला । ऋण रोग र शत्रुमाथि अन्ततः विजय प्राप्त हुनेछ ।
कर्कट – अरुलाई कुनै बाचा गर्नुभएको छ भने आज पूरा गर्ने समय छ । नयाँ काममा मन जाला । कर्ममा रमाए पनि सोचेझैँ फाइदा भने नहुने देखिन्छ । टाढिएका आफन्तको यादले सताउला । समयको बचत गर्ने प्रयास गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह – आयआर्जनको दृष्टिले शुभदायी दिन छ । नयाँ काम सुरु गर्ने समय छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ, नउठेको रकम उठ्ने योग छ । नसोचेको ठाउबाट धन आउने सम्भावना छ । रसरागको भाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – आज सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । व्यवसायमा गरेको लगानीले राम्रो प्रतिफल देला । काममा मित्रजनको सहयोग जुट्नेछ । रचनात्मक काममा जुट्ने समय छ । धनलाभ होला । मन त्यसै–त्यसै फुरुङ्ग रहला । आरोग्यता र पराक्रम बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।
तुला – अनावश्यक वादविवादमा पर्ने समय रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । हातहतियारबाट जोगिनुपर्ने दिन छ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, सावधान रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । योजना र बजेट बनाई काम गर्नुहोला ।
वृश्चिक – नयाँ कामको सुरुवात आजको दिन खासै राम्रो छैन । हैरानी बढ्न सक्छ । काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान-सम्मानमा पनि आघात पर्ने योग रहेकोले सावधानी अपनाउनु हितकर होला । सोचेको काम नबन्न सक्छ, धैर्य राख्नुहोला । आरोग्यता रहनेछ ।
धनु – व्यस्तता बढ्नेछ । चल-अचल सम्पत्तिको कारोवार हुन सक्ने समय छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, यसले मान प्रतिष्ठामा पनि दिलाउला । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्ने देखिन्छ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – पराक्रम बढ्नेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । साहित्यिक कार्यमा मन जानेछ । यात्राबाट धनको लाभ हुनेछ । आम्दानीको स्रोत समेत बढ्ने योग छ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । आज स्वास्थ्यले साथ नदिन सक्छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । नसोचेको ठाउमा धनको नाश हुने दिन छ । बौद्धिक र रचनात्मक कार्य भने बन्ने समय छ ।
मीन – आर्थिक लाभ मिल्ने खालको समय छ । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुनेछन् । आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख–सुविधाको वस्तु वृद्धि होला ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो