देवानगञ्जमा भन्सार छली गरी लुकाई राखेको प्याज बरामद

फाष्ट मिडिया नेपाल संवाददाता

रामनारायण मेहेता

इनरुवा । सुनसरी प्रहरीले देवानगञ्ज गाउँपालिका वडा नं. ३ र ४ बाट भन्सार छली ल्याएको ३७ बोरा अवैध प्याज नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यलय देवानगञ्जको संयुक्त प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याई लुकाई छिपाई राखेको प्याज नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ । बरामद गरिएको प्याजको १ लाख ११ हजार मूल्यांकन गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय भन्टाबारी पठाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया