चारकोसे झाडीबाट आएका हात्तिको आक्रमणमा परी इटहरीको पानीपियामा एक जना घाइते

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । चारकोसे झाडीबाट आएका हात्तिका बथानले आतंक मात्र मच्चाएका छैनन मानविय क्षति नै गर्दै गईरहेका छन् । बराहक्षेत्र नगरपालिकाको सिमरवनमै २ जनाको ज्यान गईसकेको छ भने फेरी इटहरी–धरान सडकखण्डको पानीपियामा हात्ती आक्रमणबाट एक पुरुष घाइते भएको बुझिएको छ ।

इटहरी २० तरहरास्थित शिखर टोलका ५० वर्षीया इन्द्र घले मगरलाई बथानमा आएका हात्तिम मध्ये एक हात्तीले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते मगरलाई तत्काल उद्दार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त हात्तिको बथान इटहरी २ स्थित शान्ति नगर सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरेकोले सबैलाई सचेत हुन प्रहरीले आग्रह समेत गरेको छ । 

अहिले हात्तीको समूह इटहरी २ स्थित शान्तिनगर सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरेकाले सचेत हुनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ । भारतबाट छिरेका जंगली हात्तिका बथानले पछिल्लो समयमा कोसी प्रदेशको सुनसरी, मोरङ र झापामा हात्ती आक्रमणबाट दर्जन बढीको ज्यान लिइसकेको र लाखौंको धनमाल  भईसकेको छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया