बराहक्षेत्र । आज फेरी बराहक्षर ३ का पाछु धामी जंगली हात्तिको आक्रमणमा परेका छन् । दिउँसोको करिव ३ बजे जंगल पात टिप्न गएका धामिलाई कालिन्द्र सामुदायिक वन भित्र जङ्गली हात्तिको आक्रमणबाट घाइते बनाएको हो । सामुदायिक वनको जलुवा (जल्पा स्कुल) नजिक जंगलमा घाइते भएका धामीलाइ नगर प्रमुख रमेश कार्कीले एम्बुलेन्स मार्फत नगर अस्पतालमा उपचारको व्यवस्थापन मिलाएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
साथै सचिवालयले हाल वडा नं १,२,३ ,४ र ५ का सामुदायिक वन भित्र छावा सहितका जंङली हात्तिका वथान रहेकाले जंगल घासँ , दाउँरा लगायत अन्य काममा जंगल प्रबेश नगर्न समेत अनुरोध गरेको छ । सचिवालयले जंगलमा गएर हात्तिलाई जिस्काउने , लखेट्ने जस्ता काम नगर्न र नगराउन पनि अनुरोध गरेको छ । हात्ती बस्तिमा प्रबेश गरेको थाहा पाउन साथ , नगरपालिकाको कार्यालय, वडा कार्यलय, प्रहरी कार्यालय तथा वन कार्यालयमा खवर गर्न भनिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो