फाष्ट मिडिया नेपाल संवाददाता
नेपाली कांग्रेस मोरङ जिल्ला सचिव ललित श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेवि संघ इकाई सभापति भोजराज रिजालको अध्यक्षतामा आयोजित सो तालिमबाट ४८ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
बुधबार आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जीवनलाई सफल बनाउन अत्यन्तै आवश्यककीय तालिम मध्येका उद्घोषण कला र व्यक्तित्व विकास भएको औंल्याए । उनले कुनै पनि व्यक्तिमा बोल्न सक्ने क्षमताको विकास गर्दै आफ्नो कुरा स्पष्ट र निडर राख्न सक्नु नै तालिमको मुख्य उद्देश्य भएकाले जेहेन्दार असल र इमान्दार भएर अघि बढ्न श्रेष्ठले आग्रह गरे ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा पत्रकार एलएन गच्छदार र सनराईज चौधरी प्रशिक्षक रुपमा सहजीकरण गरेका थिए । सुकुना, जनता, पथरी, बेलबारी लगायत बिभिन्न क्याम्पस तथा बिद्यालयका विद्यार्थीको सो तालिममा सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिले २ दिवसीय उदघोषण तथा ब्यक्तित्त्व बिकास तालिम संचालन गरेको इकाइ अध्यक्ष रिजालले बताए ।
सुकुना क्याम्पसको सभा हलमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य मित्रसेन योन्जनले बिपि कोइराला र गणेशमान सिंहको तस्वीरमा माल्याणपर्ण गरी मंगलबार कार्यक्रमको उद्घाटन गर्दै उद्घोषण र ब्यक्तित्त्व बिकास सबैमा अपरिहार्य रहेको तर सिकेका सिपलाई ब्यबहारमा नउतारेसम्म तालिम कुनै औचित्य नहुने धारणा राखे । अबको आमुल परिवर्तन गर्ने जिम्मा विद्यार्थीको काँधमा रहेको भन्दै राष्ट्रको आमुल परिवर्तनका लागी कम्मर कसेर लाग्न सुझाव समेत दिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो