फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । आज २०८० साल साउनको दोस्रो सोमबार । साउन महिना सनातनी धर्मवलम्बीका लागि पवित्र महिना पनि हो । पहेलै भएर बोलबम जानेहरुको लर्को लाग्ने, शिव शक्तिपिठहरु खचाखच हुने साउने सोमबार यो पटक मलबासको ओझेलमा परेको छ । मलवास परेका कारण कुनै पनि शक्तिपिठमा बलि चलाउने र पुजाआजा गर्ने शुन्य भएको कारणले पनि विगत जस्तो रौनकता भने देखिएको छैन । यद्यपि फाट्टफुट्ट मानिसहरु मन्दिर गएर जल चढाउने भने गरेका छन् ।
साउन महिनाको दोस्रो सोमबार, देशभरका शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरु आजको दिनलाई उत्सव झै मनाउने गरिन्छ ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन जाने गर्दछन् । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन पनि छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । तर मलबासले ब्रतलाई फलिफाप नहुने हुनाले ब्रत बसेर भगवान शिवको आराधना गर्नेहरुलाई मलवासले खर्लप्पै खाइदिएको छ । उनीहरुको इच्छा र आकांक्षामा दुषारापात लगाइदिएको छ । ब्रतको धार्मिक महत्व ठुलो हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ । मलबासले यस पटकको साउने उत्सवलाई असर पु¥याए पनि मनभित्रैबाट भगवानप्रतिको भक्तिभावले पनि मन्दिरमा गएर पुजाआज, ब्रत बसे जत्तिकै हुन्छ तसर्थ पवित्र मन, सफा मनले भगवानलाई सम्झदै आ–आफ्नो कर्ममा लाग्दा उत्तम फल मिल्ने धार्मिक गुरुहरु बताउँछन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो