वेवारिसे शव व्यवस्थापनमा अब्बल मानिएकी बहुप्रतिभाकी धनी साहसी युवती सामाजिक अभियन्ता सपना रोका मगर पढाईमा पनि अब्बल, ल्याईन ३.५ जीपीए

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । सुरु साहसी युवती तथा सामाजिक अभियन्ता सपना रोका मगरको आफ्नै कविताबाट ।

ओहो दुनियाले मलाई के भन्ला बाट उम्किएर

आ ! दुनियाँले मलाई जेसुकै भनोस  

भन्ने सम्म आईपुगेको साहसि हु 

मलाई अब

न बचनले दुख्छ, न वाण

न डर छ मृत्यु को, न प्राणको घमण्ड 

न छ्न शत्रु, न आफ्नाको झुण्ड

न रहर छ जमिन छोड्ने, न चाहा गगनको  

दुनियाँ मेरो प्रशंसा गर्छ, म मुस्कुराउछु  

दुनियाँ मेरो खेदो गर्छ, म मुस्कुराउछु  

किनकि 

म माथिका हरेक प्रहारको प्रतिकार, मेरो मुस्कान र मौनताले गर्छ

हाय म अनि मेरो परमानन्द !

गत साउनको पहिलो सोमबार एकै दिन १० वटा वेवारिसे शव पशुपति आर्यघाटमा सद्गद गरेकी मगरको कविताले भनेजस्तै जीवन छ । शालिन, सभ्य, सहनशिल अनि हसिलो वा मुस्कुराहट नै उनको जीवनको सफलताको अचुक औषधी बनेको छ । जीवन चलाउने, सिक्ने र सिकाउने सन्दर्भमा काठमाडौंलाई कर्मभूमि बनाएकी रोक्काले यस पटकको कक्षा १२ को परिक्षामा समेत ३.५ जीपीए ल्याएर शैक्षिक अब्बलतालाई मुखरित गरेकी छन् । अरुसँग सहयोग माग्दै रकम जुटाउँदै दुःख परेका मृतकका परिवार र आफन्तजनलाई खाने, बस्ने व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएकी मगर साहित्य, कलासहित सांगीतिक फाँटमा समेत उत्तिकै पोख्त देखिन्छिन् । दूःखीको ठाउँमा पुग्न हरसम्भव प्रयत्न नै उनको महानता हो । चाहे अस्पतालमा छटपटाएका बिरामी हुन वा बाटोमा लडिरहेका वेवारिसे सबैका लागि सारथी बन्ने उनको महान सोचले उनलाई जीवनको उचाईमा लैजाँदै गरेको छ । जसले अहिले आफ्नो शैक्षिक उचाई समेत प्रष्ट देखाइदिएकी छन् । 

उनले साउन १ गते लेखेको फेसबुक स्टाटस पढौं ः अघिल्लो महिना अर्थात आज फेरि बर्षौदेखि कुहिएर रहेको १० वटा बेवारिसे शवहरुले स–सम्मान अन्तिम सदगद पाउदै छन ।  जस्को व्यस्थापनको लागि भनि सामाजिक मनका धनि व्यक्तित्व,  आफ्नो स्वार्थ भन्दा धेरै माथि रहेर गरिब बेसहारा दिन दुःखीको सेवामा निरन्तर खटिनु हुने साथै मैले गर्दै आएको सामाजिक काममा निरन्तर साथ सहयोग र हौसला दिनुहुनेहरुलाई धन्यवाद । उनले सामाजिक कर्म यसरी गरिरहेकी छन् । जसलाई धन्यवाद र आगामी प्रगतिका मार्ग प्रशस्तको लागि आर्शिवाद नदिइरहन सकिन्न । 


खगेन्द्र कार्की
प्रतिक्रिया