धनकुटाबाट सरकारी निकाय सार्ने प्रप्रञ्च, सार्न नदिने कांग्रेस नेता तथा पूर्व मन्त्री कार्कीको आश्वासन

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । कोशी प्रदेशको राजधानी मागेर आन्दोलनसमेत गरेको धनकुटाबाट अहिले भएका संरचना समेत हटाएर बुङ्गो बनाउने प्रपञ्च रचिएका बेला चिन्ता र चासो बढ्दै गएको छ । विगतमा पूर्वाञ्चलकै प्रशासनिक केन्द्रका रुपमा स्थापित रहेको धनकुटाबाट विभिन्न सरकारी निकायहरु अन्यत्र सार्ने प्रचण्ड रचिए पछि धनकुटाबासीमा चिन्ता र चासो बढेको हो । 

सोही चन्ता र चासोका साथ गरिएको अन्र्तक्रिया कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री समेत रहेका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले धनकुटाबाट कुनै संरचना हट्न नदिन आफुले पहल गर्ने आश्वासन धनकुटाबासीमा दिएका छन् । सांसद कार्कीले धनकुटामा आयोजिन कार्यकर्ता भेला तथा अन्र्तक्रिया कार्यक्रममा धनकुटामा रहेका सरकारी कार्यालयहरु धनकुटामा नै राख्नका लागि पहल गर्ने बताएका हुन् ।

धनकुटाबाट केही कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारी भैरहेको भन्ने चर्चा चलिरहेको अहिलेको समयमा काग्रेसका नेता तथा पूर्व मन्त्री कार्कीले धनकुटा पहिलादेखि नै केन्द्रको रुपमा रहेकाले धनकुटाबाट अन्यत्र कार्यालयहरु सार्ने काम गर्नु नहुने बताउँदै ति कार्यालयहरु धनकुटामा नै राख्नका लागि आफुले पहल गर्ने बताए । 

नेता कार्कीले अहिले कांग्रेस भित्र पूर्ण एकता आवश्यक रहेको वताउदै कांग्रेस भित्र एकता भएमा कांग्रेसलाई कुनै पनि शक्तिले हराउन नसक्ने  दावी समेत गरे । 

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा संविधानसभा सदस्य लिला सुब्बा, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुग, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव गिरिजा प्रसाद दाहाल लगायतले धनकुटा अस्पतालको जग्गा प्राप्तीको बाटो खुलाउन आग्रह गरेका छन् । उनीहरुले भर्खरै सरकारले ल्याएको नयाँ नियम स्वास्थ्य बिमाबाट उपचार गराउँदा १० प्रतिशत शुल्क प्रति विरोध गर्दै हटाउन समेत आग्रह गरेका छन् । 

यसैगरी धनकुटाबाट केही सरकारी कार्यालयहरु अन्यत्र सार्न लागिएकोले  यसलाई रोक्न पहल गरि दिन आग्रह समेत गरेका छन् । 

पूर्व मन्त्री तथा सांसद कार्कीलाई नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्य अम्बिका धमलाले फुलमाला लगाई स्वागत गरेका थिए । 

कांर्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य भातृसंस्था तथा शुभेच्छुक संस्थाका पदाधिकारी र कांग्रेसजनले धनकुटाको विकास र समृद्धीका लागि र धनकुटाबाट अन्यत्र कार्यालयहरु सार्न नदिन पहल गरीदिन माग गरेका हुन् ।

सो अवसरमा नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्य नबिन किशोर शाक्य, महासमिति सदस्यहरु सिता प्रधान, सुमना तिम्सिना, महेन्द्र निरौला, गंगा पूर्व सचिव रविन्द्र नेपाली, अग्रज इन्द्र ढुर्गेल, ढुंगाना, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत, युवराज पराजुली, क्षेत्रिय उपसभापति मिलन खड्गी, नगर सभापति नरेश श्रेष्ठ लगायतले समेत धनकुटा अन्यायमा परेकाले न्याय दिनका लागि पहल गरिदिन पूर्व मन्त्री तथा सांसद कार्की समक्ष आग्रह गरे । 

धनकुटामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगर सार्न लागिएको, तथ्याङ्ग कार्यालय धनकुटाबाट हटाउन लागिएको र पाख्रिवास कृषि अनुसन्धान केन्द्रबाट चिया अनुसन्धान लगायतका केही शाखा ईलाम सार्न लागिएकोले नेपाली कांग्रेस धनकुटाले ति कार्यालयहरु धनकुटामा नै राख्नका लागि पहल गरिरहेकोले नेपाली कांग्र्ेसका नेता तथा पूर्व मन्त्री कार्कीलाई पनि ति कार्यालयहरु अन्यन्त्र नसारी धनकुटामा नै राखी राख्नका लागि विशेष पहल गरिदिनका लागि माग गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले सञ्चारमाध्यमलाई जानकारी गराए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया