इटहरीको संगीतचोकमा आयोजित रक्तदानबाट ६३ पिन्ट रगत संकलन

दयाराम कटेल

इटहरी स्थित सङ्गीत चोकमा आज जी. पी. कोइराला अध्ययन केन्द्र सुनसरीको आयोजना तथा इटहरी युथ ओपन क्यु युथ क्लब इटहरी आपगाछीको सआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जीवन दान, रक्तदान गरौं जीवनभर पुण्य कमाउ नारा सहित आयोजन भएको कार्यक्रममा करिब ७० पिन्ट रगत संकलन भएको छ।  

जी पी कोइराला अध्ययन केन्द्र सुनसरीका सभापति टंक दाहालले नजिकिदै गरेको चाड पर्व दसैं तिहार तथा छठ मा मानिसहरु व्यस्थ रहने र यो अवस्थामा कुनै किसिमको रगत आवश्यकता परेमा नपहिने अवस्था आई पर्छ । त्यसैका निम्ती कसैको समयमा रगत नपाएर मृत्यु नहोस भनि सोही अवस्थालाई पूर्ति गर्न यो कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनले युवाहरु सबै विदेश पलायनको अवस्थामा छन् । यो समयमा बेलैमा राज्यले युवालाई समेट्ने नीति अवलम्बन नगर्ने हो भने नेपालमा रोगी असहाय मानिस मात्र रहने र आवश्यकता अनुसार रगत बाहिर बाट किनेर ल्याउने अवस्था सिर्जना हुन सक्ने समेत संकेत गरे। यसको विषयमा पनि राज्य गम्भीर हुनुपर्ने मा उनले जोड दिएका छन्। 

यस रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल का कही प्रतिनिधि, आम नागरिक साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा रगत संकलन कार्यक्रम भएको थियो।


दयाराम कटेल
प्रतिक्रिया