फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । नेपालमा संघीय लोकतान्त्रिक संविधान जारी भएको ८ वर्ष पुगिसक्दा पनि विवादरहित भने छैन । विभिन्न पहिचानवादीहरुले स्वीकार गर्न नसकेको संविधान दिवस आज विविध र विशेष कार्यक्रम गरी देशभर मनाइँदैछ ।
देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्।
आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो। संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए। संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए। ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची छन् ।
सङ्घीयता, धर्मनिरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गर्नुभएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयनका पक्षमा कमजोरी रहेको भन्दै प्रश्न उठ्न थालेका छन् । संविधानको धारा ४७ ले ‘मौलिक हकका रूपमा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानूनी व्यवस्था गर्नेछ’ भनी उल्लेख गरेको छ । तर मौलिक हक कार्यान्वनयको अवस्था सन्तोषजनक देखिँदैन ।
८ वर्षसम्म लोकतान्त्रिक गणतन्त्र संस्थागत भएर कार्यान्वयन हुन सकेको छैन । आशंकाहरु अझै बाँकी छन् । विरोध र समर्थनका स्वरहरु गुञ्जिरहेका छन् । पहिचानवादीहरुले संशोधन गरेर सबैको साझा संविधान बनाउन आग्रह गर्दै विरोध र आन्दोलन गरिरहेकै छन् । यद्यपि यसबाट धेरै उपलब्धी भएको राजनीतिक दलका नेताहरु बताइरहेको अवस्थामा जनता भने निराश नै देखिन्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो