फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । नेपाल तरुण दल सुनसरीले बढ्दो डेंगु संक्रमण नियन्त्रणका लागि किटनाशक औषधी छर्कने अभियान चलाईरहेकोछ । गत साउन ३२ गते सञ्चालन हुँदै आएको सो अभियानमा वडा नं. १९, २० हुँदै वडा नं. ९ लगायत डेंगु प्रभावित वडाका धेरै टोल तथा गाउँहरुमा उक्त औषधी छिटेर डेंगुका लार्भा खोज तथा नष्ट गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ । नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङका अनुसार उक्त अभियान डेंगु प्रभावित सुनसरीका विभिन्न पालिका, वडा तथा गाउँहरुमा अभियान चलाइने बताए ।
तरुण दलले आपतकालिन अबस्थामा सेवा सहयोग गर्दै आएको छ । विभिन्न महामारी, प्राकृतिक विपत्तिमा यस संगठनले भौतिक, आर्थिक र नैतिक रुपमा सहयोग र उद्दारका काम गर्दै आइरहेको छ । बाढीपहिरोको प्रकोपमा, भुकम्पले क्षति पु¥याउँदा, विभिन्न माहामारी रोगहरु, कोरोना जस्तो रोगहरुलगायतका विपत्तिमा खाना, औषधि उपचार लगायतका सामाजिक कामहरु गरेर पूर्ण रुपमा संगठनलाई सामाजिक क्षेत्रमा रुपान्तरित गराईरहेको अध्यक्ष गुरुङले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो