एनसेल किनबेच भएका शेयर दर्तामा रोक

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार अल्पकालीन आदेश मार्फत किनबेच भएका शेयर दर्तामा रोक लगाएको छ। एनसेलको शेयर खरीदबिक्री विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

उच्च अदालतको आदेशमा भनिएको छ, ‘खरीदबिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ ९१० ९क० बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ।’

उच्च अदलतले मंसीर २५ गतेसम्म एनसेलको शेयर दर्ता किताबमा दर्ता नगर्न नगराउन कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी गर्नेरनगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई मंसीर २५ गते बोलाएको छ।

एनसेलले शेयर खरीदबिक्री गर्ने निर्णय गरेपछि गोकुलबहादुर रोकाया उच्च अदालत पुगेका थिए। उनले शेयर खरीदबिक्री रोक्नका लागि अन्तरिम आदेश माग गरेका थिए। तर मलेशियन कम्पनी आजियाटाले ८० प्रतिशत शेयर बिक्री गरिसकेपछि अदालतले दर्ता किताबमा दर्ता नगर्न अल्पकालीन आदेश दिएको हो।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया