फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । इटहरीमा १५ लाख बढी नक्कली नोटसहित २ जना कारोबारीलाई इटहरी इलाका प्रहरी कार्यालयले बिहीबार नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा खटिएको टोलीले संखुवासभा पाँचखपन–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राईलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान र कारवाही अगाडि बढाएको छ ।
उपमहानगरको बजार एरियामा नक्कली नोटको कारोबार भईरहेको विशेष सूचनाको आधारमा खटिएको टोलीले इटहरी वडा नं. ६ बाट विवेक र इटहरी ३ बाट अजयलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा इप्रका इटहरी प्रमुख टेकबहादुर कार्कीले बताए । पक्राउ परेका दुई जनाले काठमाडौंबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको छ
अनुसन्धानका क्रममा खानतलासी गर्दा उनीहरुबाट नक्कली जस्तो देखिने १५ लाख ८७ हजार बराबरको नेपाली एक हजारका नोट फेला परेको छ । उनीहरुको साथबाट ४ वटा मोबाइल समेत बरामत गरिएको डिएसपी कार्कीले बताए ।
चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा सङ्लग्न रहेका अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।
पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एक जनालाई शुक्रबार बिहान काठमाडौंबाट पक्राउ गरेको छ । यसअघि पनि भारतीय सीमावर्ती क्षेत्रका जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पाँच सय र एक हजार रुपैयाँका नक्कली नोट फेला परेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो