संगठन विस्तार तथा सुदृढीकरणका लागि धनकुटामा समुदायमा कांग्रेसको पहिलो चरणको कार्यक्रम सम्पन्न

खगेन्द्र कार्की

धनकुटा । नेपाली कांग्रेस धनकुटाले संचालन गरेको समुदायमा कांग्रेस अभियान अन्र्तगत धनकुटा नगरपालिका वडा नं. ५ मा टोल संयोजकहरुसंग अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय  सदस्य मधु आचार्यले समुदायमा कांग्रेस अभियानले कांग्रेसलाई पुन समुदाय सम्म जोडेको वताउनु भयो । उहाले कांग्रेसलाई यस अभियानले रुपान्तरण गर्ने समेत बताए । 

सो अवसरमा नेपाली काग्रेसका पूर्व केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,संविधान सभा सदस्य लिला सुब्बा,प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, जिल्ला सदस्स्य तथा वडा नं. ५ का संयोजक अम्विका परियार लगायतले नेपाली कांग्रेस जनताको भरोसाको पार्टी भएकाले जनतासंग वारम्वार जानका लागी समुदायमा कांग्रेस अभियान संचालन गरेको वताए । 

नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ५ का सभापति तथा वडाध्यक्ष धन कुमार राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति गोविन्द्र राईले र कार्यक्रम संचालन अर्का उपसभापति शम्भु प्रधानले गर्नु भएको थियो । कार्यक्रममा पूर्व जिल्ला सदस्य दिनेश भण्डारी, टोल संयोजकहरु कृष्ण श्रेष्ठ, पुनमजंग राणा, दुर्गा भण्डारी, कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, समाजसेवी ज्योती प्रधान, आशिष कर्माचार्य, भैरव पाचकोटी लगायतले कांग्रेस सधै जनताका माझमा रहनु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा महासमिति सदस्यहरु सिता श्रेष्ठ, सुमना तिम्सिना, प्रदेश कार्य समिति सदस्य उत्तम चौलागाई, निर्वाचित वडा सदस्यहरु दुर्गा शिवा, टिका श्रेष्ठ, सदस्यहरु तारा तिवारी, रमेशभक्त श्रेष्ठ, जिना श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

समुदायमा कांग्रेस अभियान अन्र्तगत अहिले धनकुटा जिल्लाको ६० वटै वडाहरुमा समुदाय स्तरमा कार्यक्रमहरु गर्दै माघ २६ गते पहिलो चरणको कार्यक्रम सम्पन्न भएको कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले बताए । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आर्चायले नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई, महासमिति सदस्य गंगाराम ढुंगाना, उपसभापति निर्मल प्रसाद ओझा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, युवराज पराजुली, महाधिवेशन प्रतिनिधि खेम पौडेल,नारायण पौडेल, सल्लाहकार धिरेन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्ताहरु लगायत कांग्रेसजनसंग भेटघाट गरी पार्टी संगठन विस्तार र सुदृढीकरणका लागी छलफल गरेका थिए । 

सो अवसरमा केन्द्रिय सदस्य मधु आर्चायका साथ प्रदेश सदस्य उत्तम चौलागाई, नेपाली कांग्रेस तेह्थुम जिल्लाका निर्वतमान सभापति गोविन्द्र ढुंगाना, पूर्व जिल्ला सहसचिव महेन्द्र काफ्ले लगायतका नेताहरुको सहभागीता रहेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया