धनकुटा बाल मन्दिर टोलबासीको सरसफाई अभियान : हाम्रो टोल आफै सफा गछौं

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ को बाल मन्दिर बजार क्षेत्र आफै स्थानीय वासिन्दाहरुले व्यापकर रुपमा आज सरसफाई अभियान संचालन गरी सफसफाई गरेका छन ।

बाल मन्दिर टोल वस्ती संगठनको आब्ह्वान धनकुटा नगरपालिका वडा नंं ५ को बाल मन्दिरको सम्पूर्ण टोल क्षेत्र टोल वासिहरुले सरफाई गरेको टोल वस्ती संगनका अध्यक्षा शिवनाथ राईले बताए । 

धनकुटाको थरहरा  चौकबाट शुरु भएको सरसफाई अभियान बाल मन्दिर टोलको सम्पूर्ण क्षेत्र ,बाल मन्दिर बजार क्षेत्र सरसफाई गरिएको टोल वस्ती संगठनका  कोषाध्यक्ष रोजी प्रधानले वताईन ।

व्यापक सरसफाई अभियान कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, जेष्ठ नागरिक संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष इन्द्र श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ५ का निर्वाचित सदस्य गोविन्द राई, बाल मन्दिर टोल वस्ती संगठनका अध्यक्ष शिव नाथ राई, कोषाध्यक्ष रोजी प्रधान, पूर्व अध्यक्षहरु सुजन भाई जोशी, करिण प्रधान, पूर्व सचिव उमेश राई, यूवा समाजसेवीहरु सागर श्रेष्ठ, गृष्म श्रेष्ठ,दोयम प्रधान, विश्व भण्डारी, प्रज्वल प्रधान, हेमचन्द्र राई , दिनेश पाचकोटीलगायत टोलवस्ती संगठनका सदस्यहरु र बाल मन्दिर टोलवासीहरुको सहभागीता रहेको थियो । हामी आफै हाम्रो टोल सरसफाई गर्छौ भन्ने सोचका साथ व्यापक रुपमा  बाल मन्दिर टोलमा सरसफाई गरिएको सफाइ अभियन्ताको भनाई छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया