धनकुटाको छिन्ताङ्गको ढोलमुखामा कांग्रेसको श्रद्धाञ्जली कार्यक्रम

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । नेपाली कांग्रेस धनकुटाले सहिदभूमी गाउँपालिकाको ढोलमुखामा पार्टीका वडाउपसभापतिको घरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

वडा उपसभपाति भक्त बहादुर साम्पाङ राईको बुबा बिर्जमान राईको ११ औं पुण्यतिथिका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको धनकुटा कांग्रेस सचिव विजय सन्तोषी राईले बताए । उनका अनुसार सो श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सदस्य योगेन्द्र राई, सहिदभूमी गाउपालिका सभापति टंक राई, उपसभापति भुषण राई, वडा नं. २ का सभापति  दुर्गा विष्ट,पूर्व पालिका सभापति लक्ष्मण राई, धनकुटा नगर कार्य पालिका सदस्य रेजिना हिङ्गमाङ्ग, नेपाल दलित संघ धनकुटाका अध्यक्ष नारायण विक, सचिव ईन्दु दर्नाल लगायतले समाजसेवी तथा अग्रज बिर्जमान सम्पाङ्ग राई प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र बुझाएका हुन् ।

श्रद्धाञ्जली कार्यक्रम धनकुटा जिल्ला सहिदभूमी गाउपालिकाका नेपाली कांग्रेसका सभापति टंक राईको संयोजनमा सम्पन्न भएको थियो ।

८५ बर्षको उमेर गत पौष २५ गते निधन हुनु भएका अभिभावक बिर्जमान साम्पाङ्ग राईको जेठा छोरा नेपाली कांग्रेस सहिदभूमी गाउपालिका वडा नं. २ का वडा उपसभापति भक्त राई र अन्य छोराहरु यूवा समाजसेवीहरु रविन्द्र राई, नविन्द्र राई, सविन राई र वुहारीहरु चन्द्र कुमारी राई, प्रेम कुमारी राई र रमिला राई छन् ।

यसैगरी छोरीहरु राम कुमारी राई, तीर्थ कुमारी राई, जन कुमारी राई र समिता राई तथा नाति नातिनिहरु रहेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए । 

स्वर्गीय बिर्जमान साम्पाङ्ग राईको निधनले नेपाली कांग्रेस धनकुटाले एक असल अभिभावक गुमाएको भन्र्दै  नेपाली कांग्रेस धनकुटाले गहिरो शोक व्यक्त गर्दै परिवारजनमा समवेदना समेत  व्यक्त गरेको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया