विराटनगर । बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा व्यक्तिगततर्फ अहिलेसम्मकै ठूलो रकम ८७ वर्षीया राजी राणाले १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन्। व्यवसायिक प्रतिष्ठान तथा संस्थाहरूले करोडौँ रुपैयाँ सहयोग गरिरहेका बेला व्यक्तिका तर्फबाट प्राप्त यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग हो।उमेर तथा स्वास्थ्यका कारण आफैं अर्थ मन्त्रालय पुग्न नसकेपछि राणाले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत रकमको चेक पठाएकी थिइन्। बस्नेतले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।राणाको सहयोगबाट प्रेरित भएर उनको कार्यालयमा कार्यरत कर्मचारीहरूले समेत व्यक्तिगत रूपमा रकम संकलन गरी थप ८० हजार रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।राणाले नगद सहयोगबाहेक थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री समेत अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक परेका बाढी प्रभावित क्षेत्रमा पठाउने प्रतिबद्धता जनाएकी छन्।प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशबाट सहयोग जुट्नेक्रम जारी रहेका बेला राणाको यो योगदान व्यक्तिगत क्षेत्रबाट भएको सबैभन्दा ठूलो सहयोगका रूपमा आएको हो। यसअघि विभिन्न बैंक, व्यावसायिक प्रतिष्ठान, गैरसरकारी संस्था तथा विदेशी सरकारहरूले समेत बाढीपीडितका लागि करोडौँ रुपैयाँ बराबरको सहयोग घोषणा गरिसकेका छन्।राजी राणाको परोपकारी योगदान भने बाढीपीडितलाई गरिएको यो सहयोगमा मात्र सीमित छैन। उनले विशेषगरी बालबालिकाको स्वास्थ्य उपचार तथा सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि ठूलो आर्थिक सहयोग गर्दै आएकी छन्।काठमाडौंमा निर्माण भइरहेको काठमाडौँ चिल्ड्रेन्स हस्पिटलको भवन निर्माण तथा बाल स्वास्थ्य सेवा सुदृढीकरणका लागि उनले व्यक्तिगत रूपमा १ करोड रुपैयाँ सहयोग गरेकी थिइन्। उक्त योगदानप्रति काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ९प्क्ष्इऋज्० ले उनीप्रति विशेष आभार व्यक्त गरेको थियो।राजी राणा स्वर्गीय प्रभुशमशेर जबराकी पत्नी हुन्। प्रभुशमशेर जबरा समाजसेवी तथा विभिन्न धार्मिक र सामाजिक संस्थाका संरक्षकका रूपमा परिचित थिए। उनको सन् २०२१ मेमा लामो समयको बिरामीपछि निधन भएको थियो।श्रीमानको निधनपछि राणाले उनीहरूको संयुक्त नाममा स्थापित ८८‘प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी’८८मार्फत सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएकी छन्।गुठी तथा व्यक्तिगत सम्पत्तिमार्फत उनले स्वास्थ्य, शिक्षा, वातावरण तथा सामाजिक क्षेत्रमा करोडौँ रुपैयाँ बराबरको सहयोग गर्दै आएकी छन्। ८८‘प्रभु शमशेर एण्ड राजी राणा ट्रष्ट’८८मार्फत बालबालिकाको कल्याणका लागि हेल्प नेपाल नेटवर्कलाई १ करोड रुपैयाँ सहयोग गरिएको छ।त्यस्तै, सदर चिडियाखानामा रहेका ‘चम्पा’ र ‘चिम्पू’ नामका दुई चिम्पान्जीको खानपान तथा हेरचाहका लागि ट्रष्टले १० लाख रुपैयाँ सहयोग गरेको थियो।विपन्न तथा सीमान्तकृत मुसहर समुदायको उत्थान र व्यवस्थित आवासका लागि समेत राणा परिवारले ठूलो आर्थिक लगानी गर्दै आएको छ।श्रीमान्को निधनपछि पनि ८७ वर्षीया राणाले पारिवारिक गुठी तथा व्यक्तिगत सम्पत्ति परिचालन गर्दै सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएकी छन्। बाढीको विपत्तिका बेला राहत कोषमा गरेको १ करोड ९ लाख रुपैयाँको योगदानले उनको लामो परोपकारी यात्रालाई थप उजागर गरेको छ।
१३ भदौ २०८३, शनिवार ०८:४८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो