फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । इटहरीमा टिपरले हानेर स्कुटरमा सवार दुई जनाको निधनो घटना नसेलाउँदै कानेपोखरी–लेटाङ सडक खण्डमा पनि सोही प्रकृतिको दुर्घटना भई बालिकासहित २ जनाको ज्यान गएको छ ।
गएराती मोरङ जिल्ला लेटाङ कानेपोखरी सडक अन्तरगत फारलाईनमा बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ चालकको घट्नास्थलमै निधन भएको छ भने गम्भीर घाईते अन्दाजी ९ बर्षिय नाम थर खुलिनसकेको एक बालिकाको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा निधन भएको छ । गम्भीर घाईते अन्दाजी ४० बर्षिय महिलाको सोही अस्पतालमा उपचार भईरहेको छ ।
ज्यान गुमाउने कानेपोखरी ६ हनुमान चौकका टेम्पो चालक सागर तामाङ रहेको प्रहरीले बताएको छ भने बालिका र महिलाको नाम ठेगाना प्राप्त भएको छैन ।
लेटाङबाट जादै गरेको टेम्फोलाई बोलेरोले ठक्कर दिएर दुर्घटना भएको हो । बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ ।
फारलाईनमा आज बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले दुर्घट्ना भएको बताईएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो