चतरा -बराहक्षेत्र_ । सुतार कार्की सेवा समिति र सुतार कार्की कूलवंश प्रतिष्ठान सुनसरीले कोशी प्रदेशमा हालै नियुक्त हुनु भएका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीलाई सम्मान गरेको छ । सुतार कार्की सेवा समितिको तर्फबाट संस्थाका अध्यक्ष खगेन्द्र कार्की, सल्लाहकारहरु कृष्ण कार्की, कुमार कार्की, ज्ञानेन्द्र कार्कीले खादा र सम्मानपत्रले संयुक्त रुपमा सम्मान गरेका थिए ।
शनिवार बराक्षेत्र नगरपालिकास्थित चतरामा रहेको सुतार कार्की प्रतिष्ठानको भवनमा संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा आयोजित नियमित बैठक तथा स्वागतसम्मान कार्यक्रमबाट सम्मान गरिएको हो ।
संस्थाका सचिव मनोज कार्कीले सञ्चालन गरेको सो कार्यक्रमको प्रमुख अतिथि मन्त्री कार्की रहेका थिए । यसैगरी इटहरी उपमहानगरपालिकाका कार्यवहाक मेयर कैलाश -रतन_ कार्की, संस्थाका संस्थापक अध्यक्ष कृष्ण कार्की, कूलवंश प्रतिष्ठानका अभियन्ता जनक कार्कीको विशिष्ठ आतिथ्यतामा आयोजित सो कार्यक्रममा उक्त वडाका जनप्रतिनिधि, समाजसेवीसहित ठूलो सख्यामा सुतार कार्की सेवा समितिका विभिन्न तह र तप्काका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
जनक कार्कीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण कार्कीको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भाईबन्धुका निम्ति बनाइएको धर्मशालाले अब प्रदेश सरकार मातहतबाट पूर्णता पाउनुपर्ने माग राखेका थिए ।
सोही अवसरमा सुनसरी जिल्ला कार्यसमितिको बैठक पनि सम्पन्न गरिएको छ । सम्मान ग्रहण गदैं मन्त्री कार्कीले बन्दैं गरेको सुतार कार्की प्रतिष्ठानको भवनलाई पुरा गर्न आफुले सकेको सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सुनसरी र उदयपुरबाट सुतार कार्की बन्धुहरुको सहभागीता रहेको थियो । सुनसरीको सकृयतामा चतराधाममा प्रतिष्ठान निर्माण भइरहेको छ । उक्त भवनलाई पूर्ण बनाउन आर्थिक जोहो गर्नुपर्ने अवस्थामा भाईबन्धु नै मन्त्री भएको बेला सो भवन र स्थानको अवलोकन, निरीक्षणसहित बाँकी काममा सहयोग पु¥याउने उद्देश्यका साथ मन्त्री कार्कीलाई बोलाइएको संस्थाका अध्यक्ष कार्कीले बताए ।
कार्यक्रमको अन्तमा कार्यक्रमको अध्यक्षता गरिरहेका कार्कीले समयअभावका बाबजुद पनि भाईबन्धुको निम्तालाई स्वीकार गरेर आइ भलाकुसारीसहित भवन निर्माणमा आएको प्रतिबद्धताले थप उर्जा मिलेको र भाइबन्धुमा हौसला थपिएकोमा मन्त्री कार्कीप्रति कृतज्ञता जाहेर गरेका थिए । कुलबंशबाट प्रदेशको मन्त्रीजस्तो गरिमामय पदमा नियुक्त हुनु भएकाले भाईबन्धुको कर्तव्य र जिम्मेवारी अनुरुप मन्त्री कार्कीलाई धार्मिक स्थल चतरामा निमन्त्रणा गरेर सम्मान गरिएको अध्यक्ष कार्कीले बताए । कार्यक्रमको समापन गर्दै अध्यक्ष कार्कीले कार्यक्रमलाई सफल बनाउन उद्देश्य र सुनसरीबाट भेला भएका भाईबन्धुहरुलाई धन्यवाद दिएका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो