नेपाली कांग्रेस धनकुटाको सम्पन्न बैठक तथा भेलाले आउदै गरेको दशै, तिहार लगायतका विभिन्न चाड पर्वको शुभ कामना आदन प्रदान कार्यक्रम कार्तिक १ गते धनकुटामा गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको बैठक तथा भेलाले दशै, तिहार,नेपाल सम्वत, छठ,मंसिर पूर्णिमा लगायत आउदै गरेको सबै चाड बर्षको अवसरमा कार्तिक १ गते धनकुटा पार्टी कार्यालय सहिद भिम नारायण स्मृती भवनमा शुभ कामना आदन प्रदान कार्यक्रमको आयोजना गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
नेपाली कांग्रेस धनकुटाका पदाधिकारीहरु, नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, क्षेत्रिय, पालिका सभापतीहरुको सहभागीता रहेको उक्त बैठक तथा भेलामा संविधानसभा सदस्य लिला सुब्बा, पाख्रिवास नगरपालिकामा मेयर ज्ञान वहादुर गुरुङ्ग, सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, जिल्ला, सहसचिव गिरिजा प्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर, महासमिति सदस्यहरु सुमना तिम्सिना, सिता प्रधान, पूर्व महासमिति सदस्य मिन वहादुर कार्की,जिल्ला सदस्यहरु रेणु श्रेष्ठ, बल वहादुर थापा, गजम घिसिङ्ग, क्षेत्रिय सभापती राजन पौडेल, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी, धनकुटा नगरपालिकाका उपसभापती अभिषेक कर्माचार्य, सागुरगी गाउपालिका सभापति नेपाल धन राई, सहिदभूमी गाउपालिका सभापति टंक राई, चौविसे गाउपालिकाका उपसभापति कमल बराल, पाख्रिवास वडा नं. ५ का सभापति पासाङ्ग तामाग, सागुरीगढी वडा नं. ६ का सभापति सन्तोष राईलगायतले कांग्रेसलाई अब ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।
यसैगरी धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं. १० का वडाध्यक्ष नगेन्द्र पाण्डे, सहिदभूमी गाउपालिका वडा नं. १ का वडाध्यक्ष रमेश राई, वडा नं.४ का वडाध्यक्ष दौलत राई, पाख्रिवास नगरपालिका वडा नं. १ वडाध्यक्ष भोगेन्द्र पाण्डे, वडा नं. ४ का वडाध्यक्ष सन्तोष मानन्धर, वडा नं. ६ का वडाध्यक्ष देवेन्द्र चापागाईले विकास जनताको चाहना र आवाश्यक्ता अनुसार जनताकै सहभागीता गर्नु पर्नेमा जोड दिएका थिए ।
यस्तैगरी तरुण डिफेन्ट फ्रोस सागुरीगढीका संयोजक दिपिन लिम्बु, नेपाल महिला संघ धनकुटाका सचिव संगिता चापागाई, सहसचिव जानुका सुन्दास, सदस्य मन्दिरा भट्टराई, नेपाल विद्यार्थी संघ धनकुटाका नेता सुवास खनाल लगायतले कांग्रेसलाई रुपान्तरण गर्नु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेस धनकुटाले सवै कांग्रेसजनहरु, सुरक्षा निकायका प्रमुखहरु र सवै सरकारी तथा गैरसरकारी कार्यालयहरुका प्रमुख, सामाजिक संघ संस्थाका प्रमुखहरु, जननिर्वाचित जनप्रतिनिधिहरु र सरोकारवाला निकायका प्रमुखहरुको सहभागीतामा आउदै गरेको सवै चाड पर्वको शुभ कामना आदन प्रदान कार्यक्रम कार्तिक १ गते नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय सहिद भीम नारायण श्रेष्ठ स्मृती भवनमा गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले बताए । सो कार्यक्रमलाई अर्का सचिव सचिव जयन्द्र घिसिङ्गले सहजीकरण गरेका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो