इटहरी । ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीकाअनुसार धरान ८ स्थित लाङ्घाली चौकमा आज ९शुक्रबार० बिहान ५ः३० बजेतिर मालवाहक ट्रक र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा इटहरी ९ का ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, साँगुरीगढी ९ घर भएका ५० वर्षीय टेकबहादुर राई गम्भीर घाइते भएका छन् ।
उनको प्रतिष्ठानमै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो