रवि–वालेन भेटवार्ता : सरकार सच्याउने पार्टीको प्रयास, पार्टी समेट्ने बालेनको चुनौती

खगेन्द्र कार्की

सरकारको कार्यशैलीप्रति पार्टीको असन्तुष्टि, सांसदहरूको अनुशासन प्रधानमन्त्रीको सीमित घेराप्रतिको प्रश्नबीच दुई शीर्ष नेताबीच संवाद; समन्वय सुधारको बाटो खोज्ने अवसर

इटहरी ।  सरकार राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_बीच पछिल्लो समय बढ्दै गएको भनिएको दूरीका बीच प्रधानमन्त्री बालेन्द्र शाह पार्टी सभापति रवि लामिछानेबीच भएको भेटले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा करिब ५० मिनेट भएको भेटलाई सरकार पार्टीबीच देखिन थालेको अविश्वास कम गर्ने तथा आपसी समन्वयलाई नयाँ आधार दिने प्रयासका रूपमा हेरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री शाह सरकार सञ्चालनमा पार्टीभन्दा सरकार आफ्नो सचिवालयलाई प्राथमिकतामा राखेर अघि बढिरहेको पार्टीसँग आवश्यक राजनीतिक समन्वय हुन नसकेको गुनासो रास्वपाभित्र बढ्दै गएको थियो । अर्कोतर्फ, आफ्नै दलका सांसदहरूले संसद्मा सरकारको कामकारबाहीको तीव्र आलोचना गर्न थालेपछि प्रधानमन्त्री पक्ष पनि असन्तुष्ट देखिएको थियो । यही परिस्थितिमा भएको बालेनरवि भेटलाई सामान्य राजनीतिक भेटभन्दा पनि सरकार पार्टीबीच सम्बन्ध पुनः व्यवस्थित गर्ने प्रयासका रूपमा हेरिएको हो ।

वास्तवमा अहिले देखिएको समस्या सरकारको मूल उद्देश्य वा नियतमाथिको प्रश्नभन्दा बढी कार्यशैली समन्वयको प्रश्न हो । सरकारले जनअपेक्षाअनुसार काम गर्न खोजेको भए पनि निर्णय प्रक्रियामा पर्याप्त राजनीतिक संवाद नहुनु, सरकार सीमित घेराबाट सञ्चालन भइरहेको देखिनु केही विषयमा प्रधानमन्त्रीको एकल प्रयास बढी देखिनुले सरकारमाथि प्रश्न उठ्ने वातावरण बनाएको छ ।

प्रधानमन्त्री बनेपछि शाहले संसद्मा अहिलेसम्म सीमित रूपमा मात्रै आफ्नो धारणा राखेका छन् भने सरकारका महत्वपूर्ण विषयमा उनको सार्वजनिक अभिव्यक्ति प्रायः सामाजिक सञ्जालमार्फत आउने गरेको छ । यसअघि उनले संकटका समयमा पनि सामाजिक सञ्जाललाई प्रभावकारी राजनीतिक सञ्चारको माध्यम बनाएका थिए । तर प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि सामाजिक सञ्जालमार्फत जनतासँग संवाद गर्नुका साथै संसद्, पार्टी, मन्त्री, सांसद राजनीतिक नेतृत्वसँग संस्थागत संवादलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

हालसालैका घटनाले पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने आधार दिएको छ । सुनसरीको देवानगञ्जमा युवाबीचको विवादपछि भएको झडपमा तीन जनाको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न सरकारलाई चुनौती देखियो । स्थानीय स्तरबाट सुरु भएको असन्तुष्टि अन्य क्षेत्रमा समेत फैलिँदा सरकारमाथि संकट व्यवस्थापनको क्षमताबारे प्रश्न उठ्यो । पछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गरेपछि तनाव केही मत्थर भएको थियो ।

तर बालेनको राजनीतिक प्रभावलाई केवल सरकार सञ्चालनको सीमित घेराबाट मूल्यांकन गर्न सकिँदैन । जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत उनले दिएको राजनीतिक सन्देशले ठूलो प्रभाव पारेको थियो । आन्दोलनकारीलाई फिर्ता बोलाउनेदेखि प्रतिनिधिसभा विघटन, सेनासँग वार्ता सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयसम्म उनका सामाजिक सञ्जालका अभिव्यक्तिले राजनीतिक घटनाक्रममा प्रभाव पारेका थिए । त्यसैले अहिले प्रधानमन्त्रीका रूपमा उनले सार्वजनिक गर्ने अभिव्यक्ति संकेतलाई राजनीतिक वृत्तले गम्भीरतापूर्वक लिने गरेको छ ।

यही कारण साउन २२ गते राति शाहले सामाजिक सञ्जालमा लेखेकोकहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन भन्ने अभिव्यक्तिले पनि व्यापक राजनीतिक अर्थ पायो । त्यसै दिन प्रतिनिधिसभाको बैठकमा रास्वपाकै सांसदहरूले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आफ्नै पार्टी सांसदहरूप्रति लक्षित भएको टिप्पणी हुन थाल्यो ।

तर सरकारप्रति असन्तुष्टि जनाउनु मात्र रास्वपाको उद्देश्य भने देखिँदैन । पार्टी सभापति रवि लामिछानेले सरकारका कमजोरी सुधार्न पार्टीले आफ्नो भूमिका निर्वाह गर्ने बताउँदै आएका छन् । सरकार बाटो बिराएमा त्यसलाई सही बाटोमा ल्याउने राजनीतिक क्षमता पार्टीसँग रहेको उनको अभिव्यक्तिको मूल आशय पनि सरकारलाई कमजोर बनाउनु नभई सरकारलाई जिम्मेवार प्रभावकारी बनाउनु रहेको देखिन्छ ।

सरकार गठनपछि रास्वपाले आफ्ना सांसदलाई जिम्मेवार बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । पार्टीको अनुशासन, संसदीय भूमिका सरकारप्रतिको राजनीतिक उत्तरदायित्वबारे सांसदहरूलाई स्पष्ट पार्ने प्रयास पनि गरिएको थियो । त्यसपछि पनि केही सांसदमा पार्टीको निर्णय सरकारको साझा राजनीतिक उद्देश्यभन्दा आफूअनुकूल ढंगले प्रस्तुत हुने प्रवृत्ति देखिनु पार्टी नेतृत्वका लागि चुनौती बनेको छ ।

पार्टीभित्र करिब एक चौथाइ सांसद अझै पुरानै शैलीमा चल्न खोजिरहेको बुझाइ नेतृत्व तहमा देखिन्छ । सरकार आफ्नै दलको भएकाले त्यसको सफलता असफलताको राजनीतिक जिम्मेवारी अन्ततः पार्टीमै आउने भएकाले सांसदहरूको अभिव्यक्ति व्यवहारलाई व्यवस्थित गर्नु आवश्यक देखिएको हो । सरकारको आलोचना गर्ने अधिकार सांसदसँग भए पनि आलोचना सरकार सुधार्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने आफ्नै सरकारलाई प्रतिपक्षको शैलीमा प्रस्तुत गर्दा त्यसले पार्टी सरकार दुवैलाई कमजोर पार्न सक्ने चिन्ता नेतृत्व तहमा छ ।

यसका लागि रास्वपाले पार्टीभित्र विधि, विधान अनुशासनका संरचना निर्माण गरेको छ । सभापतिलाई संगठन सञ्चालनमा तुलनात्मक रूपमा बलियो अधिकार दिने गरी विधानमा गरिएका व्यवस्थालाई भने प्रधानमन्त्री शाह पक्षले सहज रूपमा नहेरेको बुझाइ पनि छ । पार्टी सभापतिलाई असाधारण अधिकार केन्द्रित भएको विषयले प्रधानमन्त्रीसहित पार्टीका निर्वाचित जनप्रतिनिधिमा राजनीतिक सन्तुलनबारे प्रश्न उठ्नु स्वाभाविक पनि हो ।

अर्कोतर्फ, रास्वपा नेतृत्वको मुख्य असन्तुष्टि प्रधानमन्त्रीको सचिवालयको भूमिकासँग जोडिएको देखिन्छ । प्रधानमन्त्रीसँग ठूलो सचिवालय रहेको अवस्थामा पनि पार्टीसँग पर्याप्त संवाद हुन नसकेको, सरकारका निर्णयहरूमा राजनीतिक तहको समन्वय कमजोर भएको सरकार पार्टीभन्दा सचिवालयकेन्द्रित हुँदै गएको गुनासो पार्टीभित्र उठेको छ ।

रास्वपाका केही नेताहरूले सार्वजनिक रूपमै सरकारलाईरास्वपाको सरकार बनाउनुपर्ने सचिवालयको सरकार बन्न नहुने धारणा राख्दै आएका छन् । यसको आशय प्रधानमन्त्रीको अधिकारमाथि प्रश्न उठाउनु नभई सरकार सञ्चालनमा पार्टीको राजनीतिक संरचना, निर्वाचित प्रतिनिधि संगठनसँग पनि पर्याप्त संवाद हुनुपर्ने भन्ने हो ।

प्रधानमन्त्री शाहले पनि पार्टीबाट आउने आलोचनालाई सरकारविरोधी गतिविधिका रूपमा मात्र बुझ्नुको सट्टा त्यसलाई सुधारको सुझावका रूपमा लिनुपर्ने देखिन्छ । आफ्नै पार्टीका सांसद नेताहरूले सरकारका कमजोरी औँल्याउनु अस्वाभाविक होइन । बरु त्यस्ता आलोचनालाई संस्थागत संवादमार्फत समाधान गर्न सकिए सरकार थप बलियो बन्न सक्छ ।

यही बिन्दुमा रवि लामिछानेको भूमिका महत्वपूर्ण देखिन्छ । पार्टी सभापतिका रूपमा उनले सरकारका कमजोरीप्रति आँखा चिम्लिन पनि मिल्दैन सरकारलाई कमजोर बनाउने गरी पार्टीका सांसदलाई खुला छाड्न पनि मिल्दैन । सरकारको कामको समीक्षा गर्ने, आवश्यक सुधारका लागि दबाब दिने पार्टीका सांसदलाई जिम्मेवार बनाउने काम सँगसँगै अघि बढाउनुपर्ने चुनौती उनको अगाडि छ ।

बालेनका लागि पनि चुनौती उस्तै छ । प्रधानमन्त्रीले पार्टीभन्दा माथि उठेर राज्य सञ्चालन गर्नुपर्ने भए पनि उनी जुन राजनीतिक आधारबाट प्रधानमन्त्री बनेका हुन्, त्यसको प्रमुख आधार रास्वपा नै हो । त्यसैले पार्टीसँग दूरी बढाएर सरकार बलियो बनाउन खोज्नु दीर्घकालीन समाधान होइन । बरु पार्टीसँग संवाद, सहकार्य राजनीतिक समन्वयको संस्थागत प्रणाली विकास गरेर सरकारलाई थप प्रभावकारी बनाउनु उनको प्राथमिकता हुनुपर्ने देखिन्छ ।

सरकार पार्टीबीचको दूरीको अर्को पक्ष जनअपेक्षासँग पनि जोडिएको छ । जनजीविकासँग सम्बन्धित विषयमा तत्काल परिणाम नदेखिँदा सरकारप्रति असन्तुष्टि बढ्न सक्छ । ग्यासको अभाव, अस्पतालमा बढ्दो भीडलगायत दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यामा सरकारको प्रभावकारी उपस्थिति देखिन नसके जनतामा निराशा पैदा हुनु स्वाभाविक हो । यस्ता विषयमा सरकारको कामको गति बढाउन पार्टीले पनि रचनात्मक दबाब दिन आवश्यक छ ।

प्रधानमन्त्री शाहले पनि पार्टी सरकारबीच समन्वयको आवश्यकता महसुस गरेको संकेत देखिन्छ । सरकार पार्टीबीच राजनीतिक संवाद बढाउने उद्देश्यले राजनीतिक तहबाटै पहल हुन थालेको देखिनु सकारात्मक पक्ष हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमार्फत नागरिक नीति तथा नेतृत्वसम्बन्धी कार्यक्रम अघि बढाउने प्रयास पनि सरकार राजनीतिक संरचनाबीच सम्बन्ध विस्तार गर्ने दिशामा रहेको देखिन्छ ।

यस्तो अवस्थामा बालेनरविको पछिल्लो भेटलाई शक्ति संघर्षको सुरुवातका रूपमा भन्दा समन्वयको सम्भावनाको सुरुवातका रूपमा लिनु उपयुक्त हुन्छ । दुवै नेताबीच प्रत्यक्ष संवाद कायम रहनु आफैँमा सकारात्मक संकेत हो । बाहिर बढिरहेका हल्ला अविश्वासलाई कम गर्न पनि शीर्ष नेतृत्वबीच नियमित संवाद आवश्यक छ ।

सरकार पार्टी दुवैको कमजोरी स्वीकार नगरी केवल एकअर्कामाथि दोष थोपर्ने हो भने समस्या अझ गहिरिँदै जानेछ । प्रधानमन्त्रीले सरकारलाई सचिवालयको सीमित घेराबाट बाहिर निकालेर पार्टी, संसद् जनतासँगको संवाद बढाउनुपर्नेछ । पार्टी सभापतिले पनि सरकारका हरेक निर्णयमा हस्तक्षेप गर्नेभन्दा नीति, अनुशासन राजनीतिक दिशानिर्देशनमा आफ्नो भूमिका केन्द्रित गर्नुपर्नेछ ।

त्यसैगरी, सांसदहरूले पनि सरकारको आलोचना समर्थनबीचको सन्तुलन बुझ्नुपर्नेछ । आफ्नै सरकारका कमजोरी औँल्याउनु उनीहरूको अधिकार हो, तर त्यसलाई जिम्मेवार संसदीय अभ्यासमा रूपान्तरण गर्नु उनीहरूको कर्तव्य पनि हो । पार्टीले सांसदलाई प्रशिक्षण अनुशासनमार्फत जिम्मेवार बनाउने प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

अन्ततः बालेन रविबीचको सम्बन्ध केवल दुई व्यक्तिबीचको सम्बन्ध होइन । यो सम्बन्धसँग सरकारको स्थायित्व, रास्वपाको राजनीतिक विश्वसनीयता जनताले नयाँ राजनीतिक शक्तिप्रति राखेको अपेक्षा जोडिएको छ । त्यसैले दुवै पक्षले अहिलेको असमझदारीलाई व्यक्तिगत शक्ति संघर्षमा रूपान्तरण गर्नुभन्दा संस्थागत संवाद समन्वयको अवसरमा बदल्न सक्नुपर्छ ।

सरकार गलत दिशामा जाओस् भन्ने पार्टीको उद्देश्य होइन, सरकार सही दिशामा हिँडोस् भन्ने पार्टीको जिम्मेवारी हो । त्यसैगरी प्रधानमन्त्रीले पार्टीको आलोचनालाई अवरोधका रूपमा होइन, सरकार सुधार्ने राजनीतिक संयन्त्रका रूपमा बुझ्न सके सरकार पार्टी दुवै बलियो बन्न सक्छन् ।

बालेनको कार्यक्षमता, रविको राजनीतिक अनुभव रास्वपाको संगठनात्मक शक्ति एउटै दिशामा परिचालन गर्न सकियो भने अहिले देखिएका मतभेद कमजोरी होइन, सरकारलाई थप उत्तरदायी प्रभावकारी बनाउने अवसर बन्न सक्छन् । आइतबारको बालेनरवि भेटले कम्तीमा त्यो सम्भावनाको ढोका भने खोलेको छ ।

 

खगेन्द्र कार्की
प्रतिक्रिया