हामीले कस्तो लोकतान्त्रिक गणतन्त्र ल्यायौ ?

खगेन्द्र कार्की

रिकेश निरौला

हजारौ नेपाली जनताहरुको बलिदानबाट २४० वर्ष लामो इतिहास बोकेको एकात्मक राजतन्त्रको विधिवत् रुपमा अन्त्य गर्दै मुलुकमा सङ्‌घीय लोकतान्त्रिक गणतन्त्रामक शासनको व्यवस्था लागुभएको आज १५ वर्ष पुरा भएर १६ बर्ष लागिसकेको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते शाहवंशीय राजतन्त्र‌को विधिवत् रुपमा अन्त्य गर्दै नेपालमा सङ्‌घीय लोकतान्त्रिक गणतत्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासीक संविधान सभाको बैठक बाट घोषणा भएको थियो। राज्को सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी ल्याएको गणतन्त्रमा हरेक नेपाली नागरीक हरुले सरकार प्रती निकै ठुलो आशा राखेका थिए। तर आजको दिन सम्म आइपुग्दा उक्त जनताहरूको आशा निराशामा परिणत हुँदै आएको छ। देशले समृद्धि र विकासको पाटोमा फड्‌को मार्ने, प्रतेक नेपाली नागरिकहरूले राज्य बाट समान हक अधिकार पाहुने जस्ता अन्य थुप्रै चाहनाहरु अझै अधुरै छन्न। आज गणतन्त्र ल्याएको यक्तिका वर्ष वितीसक्दा पनि अझै देश रुमल्लिएकोले गर्दा जनतालाई पिरोलेको छ।

दश वर्षे सशस्त्र जनयुद्ध र उन्नाइस दिने जनआन्दोलनको बलमा त्याएको गणतन्त्रले आम जनताले आशा गरेजस्तो उपलब्धि अझै हासिल गर्न सकेको छैन। यो तीतो यथार्थलाई अधिकाम्स जनताहरूले औंल्याउने गरेका छन् । ज्यालादारी र मजदुरी गरेर आफ्नो दैनिक जिवन गुजारा गर्ने, छोराछोरी पढाउने र अन्य घर खर्च चलाउने नागरिकलाई भने लोकतन्त्र,गणतन्त्र र सङ्‌घीयता जस्ता विषयले छोएको छैन। ठोस रूपमा भन्ने हो भने यो व्यवस्थाले श्रम गर्ने मेहनती जनताको जीवनमा खुशियाली ल्याएको छ रु यो गणतन्त्रले दीनदुःखीको दर्दमा मल्हमपट्टी लगाउन सकेको छ रु खासमा भन्नू पर्दा,यो राज्यबाट अहिलेको स्थितीमा जनताले आफ्नो जीवनमा हुने कुनै किसीमको खुशीयाली पाएका छैनन्। धर्मनिरपेक्षता र सङ्‌घीयतासहितको गणतन्त्रात्मक राज्यवस्थाले नेपाली जनताको दीर्घकालीन सपनाहरुको सम्बोधन गर्न सकेको छैन। अनि त्यस्तो गणतनको हामीलाई के काम रु त्यस्तो गणतन्त्र हामी ल्याएको कदापि हुँदै होईन।

हामीले ल्याएको गणतनले यहाँ उपलब्ध प्राकृ‌तिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुने प्रेरणा दिन सक्नु पर्छ। प्रतेक नागरीसको अभिव्यक्ति स्वतन्तता, मानव अधिकारको संरक्षण, कानूनको शासन, सरकार जनताप्रती जबाफदेहीता, नागरिक सहभागिता, शान्तिपूर्ण तवरले शक्तिहस्तान्तरण, सामाजिक समानता, सार्वजनिक कल्याण, शिक्षा र ज्ञानको प्रवर्द्धन, विविधता र समावेशीकरणको प्रवर्द्धन, संस्कृतिक सम्पताको संरसण, स्वदेशमै रोजगर सिर्जना जस्ता थुप्रै हक अधिकारको व्यवस्था गर्ने हुनु पर्छ । तर अझै पनी हाम्रो मुलुक केही नेताहरूको सत्ता र कुर्मीको लोभले गर्दा राजनीतिक अस्थिरतातर्फ उन्मुख छ । समग्र मुलुकको विकास र जनताको आर्थिकस्तर उकास्ने भन्दा पनी सत्ताधारी नेताहरू आफ्नै स्वार्थमा केन्द्रीत भएको अनुभूत जनताले गरिरहेका छन् । गणतन्त्र प्रातिका लागि लडेका सबै शक्ति एकताब्द भएर जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु राष्ट्रिय आवश्यकता भएको छ । यदी एकताबद्ध भएर जनचाहना अनुरूपको काम गर्न सकिदैन भने हामी आम जनतालाई यस्तो गणतन्त्र कदापि चाहीदैन । गणतन्त्र आएपछी मुलुकमा भ्रष्टाचार झनै मौलाएको छ साथै बेरोजगारी, नातावाद, कृपावाद, हत्या, हिंसा, बलात्कार,दाईजो प्रथा,छुवाछुत विभेद अझै हटिसकेको छैन।यती गर्नका लागी मात्र हजारौ जनताहरूले बलीदान दिएर लाखौं जनताहरू सडकमा उत्तेर गणतन्त्र लगाएका होइनउ। हामीले ल्याएको गणतन्त्र नेपाली जनताको निकै ठूलो त्याग र बलिदानबाट प्राप्त भएको हो। आम जनताको बलिदान माथि शासकहरूले मजाक गरिरहेका छन्, यसलाई अब जनताहरुलेनै सच्याउने बेला आएको छ। किनकी गणतन्त्र आफैंमा नागरीकलाई जवाफदेही बनाउने व्यवस्था पनि हो। नेपालमा गणतन्त्र खराब भएको भने हैन, यसलाई संचालन गर्ने व्यक्ति खराब भएका हुन् र अहिले जनस्तरबाट खराब शासकहरुका विरुद्धमा आवाज उठिरहेको छ यो सराहनीय पक्ष हो र यो गणतन्त्र बलियो बनाउने आशा पनि हो। अहिले धेरै जसो निरंकुशतावादी र जनविरोधी शक्तिले यो जनताको आक्रोशलाई आफ्नो स्वार्थ पुरा गर्ने हतियार बनाउन सक्छन, त्यसतर्फ भने स्वतन्त्रता, नाागरिक सार्वभौमत्ता र गणतन्त्रमा विश्वास गर्ने प्रतेक नागरीकले चनाएको हुनुपर्छ । किनकी गणतन्त्रको विकल्पमा निरंकुशता बाद कदापी हुनसक्दैन । मुलुकमा मजदुर, गरीब, दलित, विपन्न परिवारमा हाँसो, खुशी साथै नागरिक सहभागीता र अभिव्यक्ति स्वतन्त्रता आएको दिन मात्र गणतन्त्रको अनुसूति मिल्ने छ ।

हाम्रो देशमा अझै नि पूर्ण रूपले गणतन्त्र आको छैन, जनताले भने झै भाको छैन, निरङ्कुश दासत्व, नातावाद, कृपावाद हामीलाई चाहिंदैन,गणतन्त्र नल्याई त मुक्ति पाँइदैन। त्यसैले म गणतन्त्र ल्याउन अहम् भूमिका खेल्नुहुने राजनीतिक दलका नेता तथा कार्यकर्ता हरूसँग विनम्र अनुरोध गर्दछु कि सङ्कटमा परेको वा पारिएको यो गणतन्त्र र संविधानलाई आफ्नो प्रमुख एजेण्डा बनाएर गम्भीर विचार विमर्श, एकता र समाधानमा जुटी हाल्नुहोस् । अन्यथा निकट भविष्यमा न तपाईहरु रहनु हुनेछ, न तपाईहरूको पार्टी रहने छ, न त यो गणतत्त नै रहन्छ। आज तपाई केही सत्ताधारी स्वार्थी नेताहरूको कारण‌ले गर्दा लाखौं नेपाली जनताह‌रुको त्याग र तपस्याले ल्याएको गणतन्त्र धरापमा परेको छ। आज पन्ध्र वर्ष सम्म पनि आम नेपाली जनताले गणतन्त्र आएको अनुभूत गर्न नपाउनु भनेको हजारौं शाहिद हरुको सपनाले सार्थकता नपाउनु हो। अहीलेको गणतन्त्रमा न आम जनताले खुलेर विरोध गर्न पाएका छन्, न त शन्तिपूर्ण वातावरणमा आन्दोलन गर्न पाएका छन् । यहाँ सरकारमा रहेका नेता हरु आफ्नो विपक्षमा वा विरोधहुने खाल्को कार्यक्रम कसैले आयोजना गर्न लागो भने हतार हतार सुरक्षाको चुनौती देखाउदै निषेधाज्ञा लगाइ हाल्छन्न । बाहालबाल सम्माननिय प्रधान न्यायाधिस लाई समेत नजरबन्द गर्न भ्याई सकेको यो गणतन्त्र बादी सरकारले एउटा सामान्य नागरिकलाई नजरबन्दमा राख्दै विरोध प्रर्दशन गर्न निषेधाज्ञा लगाउनु सामान्य कुरा भैसकेको छ। एउटा व्यवसायी साथै अभियान्ता सँग डराएर थरथर काप्ने कस्तो गणतन्न होरु हामी आम सर्वसाधारण जनताले यस्तो डरछेरुवा गणतन्त्र ल्याएको कदापी हुदै होइन। आखीर नेपाली जनताले दुईतिहाइका साथ ल्याएको गणतन्त्र लाई कस्ले यस्तो कातर बनायो रु यसको मुख्य जिम्मेवार को हुनेरु आज आम सर्वसाधारण नेपाली जनताहरुलाई उत्तर चाहीएको छ। अब जनतालाई झुटो आश्वासन हैन काम र बिहान बेलुका माम चाहिईको छ । गणतन्त्र‌ले नेताहरूको आसेपासे नातेदार, कार्यकर्तालाई हेर्यो तर सामान्य नागरिकको अबस्था लाई कहिल्यै हेरेन। जनताले ल्याएको व्यवस्थामा सबै भन्दा बलियो र सर्वसक्तिमान जनतानै हुनुपर्ने थियो, तर अहिले बिभिन्न दलका नेता र कार्ययकर्ता बलिया भएका छन् । जनतालाई निर्वल बनाउनु नै गणतन्त्रिक मुलुकको लागि अत्यन्तै दुखदायी कुरा हो। अब पनि गणतन्त्रका पक्षधरहरु सबै शचेत भएर आमा जनताको स्वार्थमा काम नगरे आउने पुस्ताले यो गणतान्त्रिक व्यवस्थाको अनुभव गर्न नपाउदै व्यवस्था साथै व्यवस्था संचालन गर्ने व्यक्ती हरुको पत्तासाफ हुन केही समय मात्र लाग्ने छ । गणतन्त्रको नाम भजाएर सत्ताको मोहमा रहेका नेता हरुलाई यो कुरा स्मरर्ण रहोस कि गणतन्त्र ल्याउन नेपाल आमाका हजारौं सर्वोत्तम देशभक्त छोराछेरी हरूले बलिदान दिएका थिए भने गणतन्त्र फाल्न आज पनि नेपाल आमाका हजारौं सच्चा देश भक्त छोराछोरीहरु तयार भएका छन् । यो तिमी हरूकै कारणले गर्दा भएको हो र यसको मुख्य जिम्मेबार तिमीहरूनै हुनु पर्छ।

अन्त्यमा, २४० वर्ष लामो इतिहास बोकेको शाहवंशीय राजतन्त्रको अन्त्य गरी नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सडक देखी सदन सम्म आवाज उठाउनै नेपाल आमाका लाखौं सच्चा सपुत हरुलाई सम्मान व्यक्त गर्दै आफ्नो अमूल्य जीवन देश र आम जनताहरूको लागि बलिदान गर्नु हुने अमर सहिद हरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

खगेन्द्र कार्की
प्रतिक्रिया