सुनसरी। कतिपय नेपाल–भारतका अन्तर्राष्ट्रिय सीमा मिचेर भारतीय पक्षमा उल्लेख भएतापनि सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ बाट भने सीमा ममर्त कार्य प्रारम्भ भएको छ ।
नेपाल–भारत अन्तर्राष्ट्रिय सिमा क्षेत्र अन्तर्गत सुनसरी जिल्ला भित्र पर्ने सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य सुरु भएको हो। नेपाल तर्फ सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–३ पाचौंसिमर ईलाका र भारत तर्फ अररिया जिल्ला मणिकपुर ग्राम पन्चायत–७ सरदार टोल क्षेत्रमा अवस्थित १८९ नम्बरको मुख्य सिमा स्तम्भको मर्मत गरि मर्मत कार्यको शुभारम्भ गरिएको छ।
सन् २०१४ पछी निर्माण तथा मर्मत भएका सिमा स्तम्भ मध्ये जोर नम्बरका स्तम्भहरुको मर्मत भारतीय सशस्त्र सिमा बल (एसएसबी) र बिजोर नम्बरका स्तम्भहरुको मर्मत सशस्त्र प्रहरी बल नेपालले गर्ने निर्णय भएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्वाहाङ्गफेले जानकारी दिए। कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश भट्टराई भारतीय समकक्षी एसएसबी ५६ बटालियन बथनाहका कमान्डेड सुरेन्द्र कुमार बिक्रम, सुनसरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मी नापी अधिकृत कपिल कटुवाल लगायत स्थानीय जनप्रतिनिधि ,बुद्धिजीवी, पत्रकार र स्थानीयवासीहरुको सहभागिता रहेको थियो।
भारतीय पक्षबाट नेपालका विभिन्न क्षेत्रमा रहेका स्तम्भहरु सार्ने मात्र नभएर ऐतिहासिक तथ्य र प्रमाणलाई कुल्चिएर कतिपय भुभाग मिच्ने काम भईरहेको छ । सर्भे अफ इन्डियाले २ नोभेम्बर २०१९ मा जारी गरेको भारतको आठौं राजनीतिक नक्शाले नेपाल र भारतबीचको २०० वर्ष पुरानो सुगौली सन्धिको जग हल्लाउँदै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि लद्दाखलाई जम्मु(काश्मीरबाट छुट्याई छुट्टै प्रान्त घोषणा गरिएको नक्शामा महाकाली पूर्वका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभागलाई भारततर्फ देखाइएको छ। यस्तो अवस्थामा सुनसरीबाट अन्तर्राष्ट्रिय स्तरमा कायम सीमा स्तम्भ प्रारम्भ हुनुलाई विज्ञहरुले सुखद् पक्ष मानेका छन् । पुराना सीमा स्तम्भको मर्मत नभएर दुवै देशका जनताहरु अन्योलमा पर्ने र सीमा छुट्याउन गाह्रो हुने भएपछि मर्मत सुरु भएको बताइएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो