फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ २ शनिबारदेखि भदौ ५ गते मङ्गलबारसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
भदौ २ गते शनिबार बिहान ८ बजे पशुपतिनाथमा स्व गिरिलाई श्रदाञ्जलिसभाको आयोजना गरिने तथा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं–काशी यात्राको समुद्घाटन र यात्रीहरूको बिदाई गर्ने प्रदीप गिरि पावन स्मृति आयोजक समितिले जनाएको छ ।
संयोजक कञ्चन झाले जानकारी दिएअनुसार सोही दिन दिउँसो २ बजे नेपाली कांग्रेस पार्टी कार्यालय हेटौँडामा र साँझ पाँच बजे गिरिको व्यक्तित्वबारे चर्चा हुनेछ । यसैगरी भदौ ३ गते बिहान ९ बजे वीरगञ्जको तिलावे नदीमा केही अस्तु विसर्जन गरिने छ भने १०ः१५ मा प्रदीप गिरि र मधेसको सम्बन्धनबारे चर्चा गर्ने कार्यक्रम तय गरिएको छ ।
पत्रकार सम्मेलनमार्फत जानकारी दिइएअनुसार भदौ ४ गते भारतको बनारस र काशी ९वाराणसी० मा बिहान सबेरै विधिअनुसार बनारसस्थित प्रदीप गिरिका निकटस्थहरू समेतको समुपस्थितिमा अस्तु विसर्जन गरिने छ । दिउँसो गिरिका यादगार ठाउँको अवलोकन तथा व्यक्तित्वहरूसँगको भेटघाट कार्यक्रम गरिनुका साथै सोही दिन साँझ बनारस विश्वविद्यालयमा गिरिको स्मृतिमा कार्यक्रम आयोजना हुनेछ ।
भदौ ५ गते बिहान बनारसबाट वीरगञ्ज हुँदै काठमाडौँका लागि प्रस्थान गरिने प्रदीप गिरि पावन स्मृति आयोजक समितिले जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो