प्रदेशसभा सदस्य आचार्यले दिए बुढीगंगा गाउँपालिका ७ का सय बढी स्थानीयलाई न्यानो कपडा कम्बल

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । बुढीगंगा गाउँपालिकाका आर्थिक पहुँच नभएका सय बढी परिवारलाई कोशी प्रदेशसभा सदस्य जीवन आचार्यले जाडो छेक्ने कम्बल वितरण गरेका छन् । 

आफ्नो मोरङ क्षेत्र न. ६ (१) बाट निर्बाचित भएको क्षेत्रमा आचार्यले क्षेत्रका निमुखा नागरिकलाई चिसोमा राहत स्वरुप कम्बल वितरण गरेका हुन् ।

बढ्दो चिसो मौसमलार्इ मध्यनजर गर्दै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बुढिगङ्गा ७ का १ सय २५ नागरिकहरुलाई कम्बल बितरण गरेको आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए । आफुले पाउने पारिश्रमिकबाट कम्बल बितरण गरेको उनको भनाई छ । यो अभियान क्षेत्रभरीका सबै वडाहरुमा निरन्तरता रहने आचार्यको भनाई छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया