फाष्ट मिडिया नेपाल संवादादता
विराटनगर । उच्च अदालत विराटनगरले वृक्षरोपणका नाममा व्यक्तिको निजी जमिनमा जवरजस्ती नगर्न आदेश दिएको छ ।
धरान उपमहानगरपालिका ४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा नगरप्रमुख हर्क साम्पाङले बृक्षारोपण गरेपछि परेको रिटका सुनुवाई गर्दै अदालतले त्यस्तो आदेश दिएको हो ।
धरान १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो निजी जग्गामा मेयर साम्पाङ नेतृत्वको टोलीले जवरजस्ती वृक्षरोपण गरेको भन्दै अदालतमा रिट हालेकी थिइन् । रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिएको हो ।
‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृत प्रवेश र वृक्षरोपण नगर्नु, नगराउनु’ अदालतको आदेश छ । निवेदक अधिकारीको नाममा धरान बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपूर्जा प्रतिलिपीबाट देखिएकोले कानुन बमोजिम अन्यथा नभएसम्म उनको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारका रुपमा रहने अदालतले भनेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो