भापा । झापाबाट २४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयन तर्फ २० जना र चालु मुद्दाको चार जना गरी जम्मा २४ जना फरार प्रतिवादीहरू पक्राउ परेका हुन् । तीन दिनको अवधि अर्थात जेठ २५, २६ र २७ गते झापा जिल्लाका विभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्टबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनि, इलका प्रहरी कार्यालय शिवगञ्ज, अस्थाई प्रहरी चौकी माईधार, बैगुनधुरा र बसपार्कबाट खटिएको फैसला कार्यान्वयनको टोलीले बिभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई उनीहरुकै घर वतनबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराएको बताइएको छ।
पक्राउ परेका मध्ये १४ जना लागूऔषध मुद्दाका, बैकिङ कसुरका २ जना, चोरीका एक जना, चेक अनादरका एक जना, नागरिका किर्ते एक जना, बहुबिवाहका २ जना गरी २० जना र चालु मुद्दा बैकिङ कसुरका चार जना गरी २४ छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो