इटहरी ।। इटहरीमा आज रिकभरिङ नेपालले नेपालमा डेडिक्शन सेवाहरू सुदृढ गर्न प्रादेशिक परामर्श कार्यक्रम सम्पन्न भएको छ। विश्व स्वास्थ्य संगठनको सहयोग तथा फेडेरेसन अफ ड्रग्स रेडक्सन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृहमन्त्रालयको समन्वय र सहकार्यमा इटहरीमा परामर्श कार्यकम सम्पन्न भएको हो।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

रिकभरी नेपालका कोशी प्रदेश प्रमुख चन्द्र बरालले नेपालले पुनर्स्थापनामा भएको बेथिती अन्त्य तथा सुशासन र उचित उपचारको लागि कोशी प्रदेशका विभिन्न जिल्लाका ल्याब तथा सुधारगृहबाट प्रतिनिधित्व गराएर एक आपसमा कमीकमजोरी हटाउन र राम्रा कार्यमा जोड्ने विषयमा परामर्श गरिएको बताएका छन्। प्रमुख बरालले लागुऔषधको बढ्दो अवस्थालाई नियन्त्रण गर्ने र युवा युवतीलाई लागुऔषध रहीत जीवन बिताउन सकिन्छ भन्ने उदेश्य सहित परामर्श तथा छलफल गरिएको जानकारी दिएका छन्।
दयाराम कटेल
३ पुस २०८०, मङ्गलबार ०४:२९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो