साढे ३ दशक देखि भुटानी शरणार्थीहरु पूर्वी नेपालका असल छिमेकी बनेर बसेका छन् । भाषा तथा पहिचान माग गर्दा आफ्नो थालथलोबाट लखेटिएका उनीहरु झण्डै दुई दशक सम्म झापा र मोरङ्का विभिन्न शिविरमा कष्टकर जीवन जिउन बाध्य भए । अझै बाँकि केहि छन् । अरु तेश्रो देश पुनस्र्थापनाको प्रकृया मार्फत विभिन्न देशमा पुगेका छन् । तर जति शिविरमा बाँकि छन् । हरेक पटक नेपालमा सरकार बदलिन्छ त्यतिनै पटक उनीहरुको स्वदेश फिर्तीको सपना बल्झिएर आउने गरेको छ ।
केहि दिन अघि मात्र सरकार फेरिएसँगै फेरि उनीहरुले आफ्नो देश पुग्ने सपना देख्न थालेका छन् । त्यसैले उनीहरुले सरकारसँग हारगुहार गरेका छन् । झापा र मोरङका शरणार्थी शिविरमा बसोबास गर्दै आएका भूटानी शरणार्थीहरूले आफ्ना दीर्घकालीन समस्याको समाधानका लागि भन्दै पुनः स्वदेश फिर्तीको आवाज उठाएका हुन् । उनीहरूले हालै निर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह समक्ष सम्मानजनक स्वदेश फिर्तीको पहल गरिदिन आग्रह पनि गरेका छन् ।
आफ्नो समस्याको स्थायी समाधानका लागि स्वेच्छिक र सम्मानजनक रूपमा भूटान फर्कने व्यवस्था मिलाइदिन उनीहरुको आग्रह छ । दशकौं लामो विस्थापनले उनीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा गम्भीर असर पारेको भन्दै बाँकि रहेका भुटानीलाई आफ्नै देश फर्काई दिन उनीहरुले हरेक सरकारसँग भन्दै आएका छन् । विगत ३३ वर्षदेखि भूटान सरकारको नीतिगत दमनका कारण विस्थापित भई नेपाल आएका नागरिकलाई नेपाल सरकारले आश्रय, सुरक्षा, खाद्यान्न, स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत सेवा उपलब्ध गराउँदै आएको छ । यसका लागि नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायको योगदानप्रति उनीहरूले आभार व्यक्त गर्दै आफ्नै देश फर्काई दिने वातावरण बनाई दिन उनीहरुको आगह छ ।
हुन त नेपाल र भूटानबीच विभिन्न चरणमा भएका द्विपक्षीय वार्ताहरू भए । ति वार्ताबाट स्वदेश फिर्तीको बारेमा ठोस निष्कर्ष आएन । खासमा भारतले नचाहे सम्म यो समस्या समाधान नहुने निश्चित पनि छ । आफ्नो थातथलो छोडेर आएका कयौं भुटानी नागरिक स्वदेश फर्कने आशै आशामा नेपालकै शिविरहरुमा विते । कोहि अमेरीका, क्यानाडा लगायतका मुलुकमा पुगे, कोहि उतै विते । एउटा पुस्ता भुटानमा हुर्कियो, अर्को नेपालमा अनि नयाँ पुस्ता सात समुद्र पारि हुर्कि रहेको छ । एउटै परिवार पनि फरक भुगोल, संस्कृति र पहिचान लिएर बाँचि रहेको छ । यो भनेको आफ्नो माटो नहुनु् हो, देश नहुनु हो ।
हुन त अहिले शक्तिशाली सरकार गठन भएको छ । यसले केहि कुटनीतिक प्रयास अघि बढाई देओस भन्ने शरणार्थीहरुको कामना छ । तर नेपाल सरकारले मात्र चाहेर पनि पूरा नहुने भुटानी शरणार्थीहरुको कामना भए पनि यस तर्फ यो शक्तिशाली सरकारले मानवीयताका आधारमा पनि केहि न केहि प्रयास अघि बढाउला भनेर उनीहरु झापा, मोरङ्का शिविरबाट मुण्टो ठाडो पारेर सरकारको प्रतिक्रिया पर्खि रहेका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो