श्री कृष्णजन्माष्ठमी ऐतिहासिक रथयात्रा विराटनगरमा बिहीबार दिउँसो ३ः३० बजे सुरु हुने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

बिराटनगर । कोश िप्रदेशको राजधानी तथा प्रदेशकै एक मात्र महानगरपालिका विराटनगरमा सदा झै यस पटक पनि कृष्णजन्माष्ठमीको रथयात्रा निकाल्ने सम्पूर्ण तयारी पुरा भएको छ । 

कृष्णाजन्माष्ठमीको भोलि पल्ट निकाल्ने प्रचलन रहेको एैतिहासिक रथयात्रा बिहीबार दिउँसो ३ः३० बजेबाट सुरु हुने रथयात्रा समारोह समितिका अध्यक्ष  कैलाश रेग्मीले बताएका छन् । 

रेग्मीका अनुसार विराटनगर महानगरपालिका वडा नं. १ रहेको राधाकृष्ण मन्दिरबाट झाँकीसहित रथयात्रा सूरु भई नगरका मुख्य चोक हुँदै पुनः साँझ सोही मन्दिरमा पुगेर टुंगिने रेग्मीले जानकारी गराए । रेग्मीका अनुसार १८ फिट अग्लो राधाकृष्णको रथ तान्न हजारौं भक्तजनले करिब ८ किलोमिटर विराटनगरका चोक–चोक परिक्रमा गर्नेछन् । रथको डोरी तान्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वासका आयोजना गरिने उक्त रथयात्रामा छिमेकी मुलुक भारतसहित ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ । 

वि.सं. १९८८ मा खटयात्राबाट सुरु भएको उत्सव वि.सं. २०२४ देखि रथयात्रामा परिणत गरेर भव्यताका साथ मनाइँदै आएको अध्यक्ष रेग्मीले बताए । रेग्मीका अनुसार ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ४ लाख बढी भक्तजन सहभागी हुने गरेको रेग्मीको दावी छ । रथयात्रामा हुने सम्भावित दुर्घटना वा भवितव्य रोक्न र शान्ति शुरक्षा  कायम गर्न  ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ्।


खगेन्द्र कार्की
प्रतिक्रिया