यात्रुबाहक बस पुलबाट खस्दा ५१ जनाको मृत्यु

खगेन्द्र कार्की

एजेन्सी । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ । 

यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो ।

आधा बस नालीमा डुबेको थियो । जसका कारण मानिसहरु बसबाट बाहिर निस्कने मौका पाएनन । बस प्रोग्रेसोबाट शहर आउँदै थियो।  यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३ दिनको बिदाको घोषणा गरेका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया