पाठकको पुर्पुरो : वि.सं. २०८० भाद्र २९ गते (तद्अनुसार सन् २०२३ सेप्टेम्बर १५ तारिख) शुक्रबार–बर्षा ऋतु,

खगेन्द्र कार्की

मेष – चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने समय छ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिएला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । तथापि, अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । पारिवारिक असमझदारीको अवस्था पैदा हुन नदिने प्रयास गर्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – सेवामूलक कामबाट धनलाभ हुनेछ दिन छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ला । पढाइलेखाइमा सामान्य मात्र प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि सोचेको फाइदा नउठ्ने योग रहेकोले धैर्यले काम गर्नुहोला । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । तर, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त हुनेछ । ररसरागमा आकर्षण रहला ।

मिथुन – पराक्रम र व्यस्तता बढ्नेछ । शुभचिन्तकहरूको सुझाव ग्रहण गर्दा फाइदा मिल्ने समय छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । घरबाट टाढा हुनुहुन्छ भने आज परिवारजन तथा विशेषतः आमाको यादले सताउन सक्छ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रम्ने अवसर जुर्नेछ ।

कर्कट – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्ने समय छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती गराउन सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख प्राप्त होला ।

सिंह – आजको दिन दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिभाको कदर हुने तथा बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुने समय छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । भौतिक साधन जुट्नेछ र दिगो फाइदा हुनेछ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्ने कोशिस गर्नु हितकर होला । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला – अप्ठ्यारा कामको बोझ थपिन सक्ने समय छ । अरूको सुझावमा भर नपर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । उठ्नुपर्ने रकम हातलागी हुने योग छ । कार्य व्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – लगनशीलताले परिस्थिति बदल्न सक्छ । मानसम्मान पनि पाइनेछ । तर आज आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । पढाइलेखाइमा समय दिन नसकिएला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । रोग र शत्रुलाई जीत्ने क्षमता वृद्धि हुनेछ ।

धनु – भाग्यबल बढ्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु हितकर होला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्तिको समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – आजको दिन व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । तर, आर्जित धन तत्काल खर्च हुन सक्छ, सावधान रहनुहोस् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । नचिताएको ठाउमा खर्च हुने योग छ । आफन्तको सहयोग प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – नयाँ काममा हात हाल्ने समय आएको छ, तर काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । आरोग्यबल बढ्नेछ । आफन्तको साथ भने कमै मिल्ला । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

खगेन्द्र कार्की
प्रतिक्रिया