शान्ति र सद्भावपूर्ण समाज निर्माणका लागि मिडियाको भूमिका विषय सुनसरी जिल्लास्तरीय कार्यशाला

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । द्वन्द्व निरुपणका पक्षमा पत्रकारको भूमिकालाई लिएर सामाजिक परिवर्तन केन्द्र नामक संस्थाले इटहरीमा एक कार्यक्रम आयोजना गरेको छ ।  शान्ति र सद्भावपूर्ण समाज निर्माणका लागि मिडियाको भूमिका विषयक कार्यशालामा क्रियाशील पत्रकारहरूले द्वन्द्वपीडितहरूका पक्षमा न्याय निरूपणका लागि वकालत हुने सञ्चार–सामग्रीलाई प्राथमिकता दिने र द्वन्द्वको समाचार सङ्कलन–सम्प्रेषण गर्दा संवेदनशील हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

जिल्ला स्तरीय सो मिडिया कार्यशालामा द्वन्द्व निरूपण सम्बन्धमा कलम चलाउने सुनसरीको सुनसरीको धरान, इनरुवा, इटहरी, बराहक्षेत्र र रामधुनी लगायतका क्षेत्रबाट सक्रिय पत्रकारिता गरिरहेका दुई दर्जन सञ्चारकर्मीहरू सो कार्यक्रममा सहभागी थिए । कार्यशालामा पत्रकारद्वय सुविद गुरागाई र शशी कोइराला तथा सामजिक कार्यकर्ताहरू कल्पना थापा मगर, कलेली न्याइच्याई र रमेश भट्टराईले अवधारणा प्रस्तुति तथा सहजीकरण गरेका थिए ।

केन्द्रका सुनसरी संयोजक रमेश भट्टराईका अनुसार संस्थाले कोसी प्रदेशको सुनसरी, मधेसको बारा, लुम्बिनीको कपिलवस्तु र सुदूर–पश्चिमको कैलालीका दुई–दुई पालिकामा जनसमुदायमा आधारित शान्ति र सद्भावसम्बन्धी क्रियाकलापहरू गर्दै आएको छ ।

    आयोजक संस्थाले मधेश प्रदेशको बारा,कोसीको सुनसरी, लुम्बिनीको कपिलवस्तु र सुदुर पश्चिमको कैलालीमा रहेका दुई दुई पालिका लक्षित जनसमुदायमा आधारित शान्ती र सदभाव सम्बन्धी बिभिन्न गतिबिधी गर्दै रहेको भटटराईले बताए । सुनसरीमा  कलामा आधारित सेवाको माध्यमबाट  युवा विद्यार्थीलार्इ सामाजिक सन्जालमा अभिब्यक्त सामाग्रीहरुको स्तरियता र प्रबिधी मैत्री सीप कला साथै सामाजिक सद्भाव र सम्बन्ध बिस्तार सहित द्वन्द ब्यबस्थापन ब्यक्तित्व तथा नेतृत्व बिकासलाई सहयोग पुग्ने गरि तालिम दिई सकेको भटटराईको भनाई छ । शान्ती पत्रकारिताको लागि द्धन्दसंबेदनशील पत्रकारितासंग केन्द्रित रहेर छलफल गर्दा सहभागी पत्रकारहरुले आ–आफ्ना अनुभवसहित सन्दर्भ सामग्रीका विषयमा बुझ्न पाइने र द्धन्द निरुपणको सवालमा सचेत भएर पत्रकारिता गर्दा जनसमुदायको बिश्वास जित्न सक्ने अबस्थालाई मध्यनजर गरेर यस्ता कार्यक्रमहरु अन्यत्र पनि आबाश्यक रहेको केन्द्रकी प्रोग्राम अफिसर रानामगरले बताईन । केन्द्रकी अनुगमन मुल्याङ्कन प्रमुख न्याइच्याईले सन २०१५ देखि संचालित संस्थाले बिषेस गरि मिडियासंगको सहकार्यमा जनसमुदायप्रति लक्षित कार्यक्रम गर्दै आएको बताईन् । 


खगेन्द्र कार्की
प्रतिक्रिया